आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति पौडेल बुधबार बागलुङ आउने

मङ्गलबार, १० पुस २०८०, १४ : ४९
मङ्गलबार, १० पुस २०८०

बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेल बुधबार भोली बागलुङ आउने भएका छन् । गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौ बागलुङ महोत्सवमा सहभागी हुन राष्ट्रपति पौडेल बुधबार बागलुङ आउन लागेका हुन् ।

महोत्सवको राष्ट्रपति पौडेलले उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ । यस्तै उनले बागलुङ कालिका मन्दिर पुगेर पूजा अर्चना गर्ने छन् भने शालिग्राम संग्राहलयको अवलोकन गर्ने कार्यक्रम पनि रहेको बागलुङ नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप