बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

राजीनामा दिएका एसएसपी द्विवेदी जनमतमा प्रवेश

मङ्गलबार, १० पुस २०८०, १५ : ०७
मङ्गलबार, १० पुस २०८०

काठमाडौँ । राजीनामा दिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुरागकुमार द्विवेदी जनमत पार्टीमा प्रवेश गरेका छन् । बुद्धनगरस्थित जनमत पार्टी कार्यालयमा पार्टी अध्यक्ष डा.सीके राउतले उनलाई टिका लगाएर पार्टी प्रवेश गराएका हुन् । 

२०७८ कात्तिकको अन्तिम साता एसएसपीमा बढुवा भएका पर्साका द्विवेदीले छ महिना अगाडि आफ्नो पदबाट राजीनामा दिएका थिए । १३ जना डीआइजी बढुवा हुँदा त्यसमा आफ्नो नाम नपरेको भन्दै उनले राजीनामा दिएका थिए ।

उनले आफू मधेसी भएकै कारण डीआइजीमा बढुवामा विभेद गरिएको गुनासो गरे । जनमत त्यस्तै विभेदविरुद्ध लड्ने पार्टी भएका कारण आफू साे पार्टीमा प्रवेश गरेको उनले बताए । अब आफू त्यस्ता विभेदका विरुद्ध लड्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप