अधिवेशनको माग माग्दै नेविसंघ अध्यक्षलाई बुझाइयो ध्यानाकर्षणपत्र
काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष दुजाङ शेर्पालाई १२ औँ अधिवेशन गर्न माग गर्दै केन्द्रीय सदस्यहरूले ध्यानाकर्षण गराएका छन् । नेविसंघका केन्द्रीय सदस्य डा. नरेश भट्ट, आदर्श मल्ल लगायतले मंगलबार शेर्पालाई नेविसंघ १२ औँ अधिवेशन सुनिश्चित गर्न र तत्काल केन्द्रीय समितिको बैठक राख्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
लामो समयदेखि नेविसंघको अधिवेशन हुन नसकेको र पछिल्लो समय केन्द्रीय समितिको बैठकसमेत नराखेको भन्दै केन्द्रीय सदस्यहरू असन्तुष्ट छन् । तदर्थ समिति विस्तार गरेको लामो समय भइसक्दा समेत नेविसंघको पूर्ण केन्द्रीय कमिटीको बैठक बस्न सकेको छैन ।
केन्द्रीय सदस्यहरूले केन्द्रीय समितिको पूर्ण बैठक तत्काल बोलाउन आह्वान गरेका छन् । उनीहरूले केन्द्रीय समिति बैठक महत्त्वपूर्ण मुद्दाहरू सम्बोधन गर्न र संगठनको भविष्यलाई आकार दिन आवश्यक रहेको भन्दै बैठक माग गरेका छन् ।
त्यस्तै, केन्द्रीय कमिटीको बृहत् बैठकबाट विधानमा आवश्यक परिमार्जन कार्यान्वयन गर्न माग गरिएको छ । ध्यानाकर्षण पत्रमा प्रतिनिधि छनोट, अधिवेशन आयोजक समितिको गठन र अधिवेशनको पूर्ण कार्यतालिकाको सार्वजनिक गर्नुपर्ने लगायतका माग अध्यक्ष शेर्पासमक्ष राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण