बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

अधिवेशनको माग माग्दै नेविसंघ अध्यक्षलाई बुझाइयो ध्यानाकर्षणपत्र

मङ्गलबार, १० पुस २०८०, १८ : २३
मङ्गलबार, १० पुस २०८०

काठमाडौँ  । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष दुजाङ शेर्पालाई १२ औँ अधिवेशन गर्न माग गर्दै केन्द्रीय सदस्यहरूले ध्यानाकर्षण गराएका छन् । नेविसंघका केन्द्रीय सदस्य डा. नरेश भट्ट, आदर्श मल्ल लगायतले मंगलबार शेर्पालाई नेविसंघ १२ औँ अधिवेशन सुनिश्चित गर्न र तत्काल केन्द्रीय समितिको बैठक राख्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

लामो समयदेखि नेविसंघको अधिवेशन हुन नसकेको र पछिल्लो समय केन्द्रीय समितिको बैठकसमेत नराखेको भन्दै केन्द्रीय सदस्यहरू असन्तुष्ट छन् । तदर्थ समिति विस्तार गरेको लामो समय भइसक्दा समेत नेविसंघको पूर्ण केन्द्रीय कमिटीको बैठक बस्न सकेको छैन ।

केन्द्रीय सदस्यहरूले केन्द्रीय समितिको पूर्ण बैठक तत्काल बोलाउन आह्वान गरेका छन् । उनीहरूले केन्द्रीय समिति बैठक महत्त्वपूर्ण मुद्दाहरू सम्बोधन गर्न र संगठनको भविष्यलाई आकार दिन आवश्यक रहेको भन्दै बैठक माग गरेका छन् ।

त्यस्तै, केन्द्रीय कमिटीको बृहत् बैठकबाट विधानमा आवश्यक परिमार्जन कार्यान्वयन गर्न माग गरिएको छ । ध्यानाकर्षण पत्रमा प्रतिनिधि छनोट, अधिवेशन आयोजक समितिको गठन र अधिवेशनको पूर्ण कार्यतालिकाको सार्वजनिक गर्नुपर्ने लगायतका माग अध्यक्ष शेर्पासमक्ष राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप