जाजरकोटमा तरूण दलले बनायो ६० टहरा
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले जाजरकोटका भूकम्प पीडितको बसोबासका लागि अस्थायी टहरा निर्माण गरेको छ।तरुण दलको टोलीले मंगलबारसम्म ६० वटा टहरा निर्माण भइसकेको केन्द्रीय सदस्यका केन्द्रीय सदस्य अशोक झाले बताए ।
अध्यक्ष विद्वान गुरूङ नेतृत्वको टोली ८ दिनदेखि भूकम्पपीडितका लागि टहरा बनाउन श्रमदानमा खटिएको छ । रिम्ना, पिपे, रावत गाउँलगायत ठाउँमा टहरा निर्माण गरिएको झापाको भनाइ छ ।
खलंगामा करिब ३० वटा टहरा बनाउने तरूण दलको टोलीको तयारी छ। नेपाली कांग्रेसले पनि इन्जिनियरसहित विभिन्न टोली खटाएर जाजरकोट र रूकुम पश्चिममा टहरा निर्माणमा श्रमदान गरेको थियो। कांग्रेसले एक हजार वटा अस्थायी टहरा बनाउने जिम्मा लिएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अस्थायी टहरा बनाउने अभियान थालेका थिए । यो बीचमा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल, नैनसिंह महर, योगेन्द्र चौधरी, कुन्दन काफ्ले, गुरु बराल, अजयबाबु शिवाकोटी लगायतका नेताहरु टहरा निर्माण गरी फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण