राष्ट्रियसभाका लागि कर्णालीमा एकीकृत समाजवादीबाट को–को छन् आकांक्षी ?
सुर्खेत । आगामी माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भने नेकपा एकीकृत समाजवादीले कर्णालीमा एउटा सिटमा भए पनि भाग खोज्ने देखिएको छ । राष्ट्रिय सभाका लागि कर्णालीबाट तीन वटा सिटमा प्रतिस्पर्धा हुने छ ।
गठबन्धनकै प्रमुख घटक नेपाली कांग्रेसले गठबन्धन भएरै गएको खण्डमा दुई सिटमा दाबी गर्ने बताइसकेको छ । यस्तै माओवादीले पनि कर्णाली आफ्नो क्षेत्र भएकाले दुई सिटमा अडान राख्ने देखिएको छ । ठुला दुई दलको अडानकाबिच नेकपा एकीकृत समाजवादीले भाग पाउन कठिन देखिए पनि एक सिटमा दाबी गर्ने सुरमा नेताहरु देखिन्छन् ।
त्यसैले पनि नेताहरुले राष्ट्रियसभामा जानका लागि केन्द्रीय नेताहरुसँग लबिङ बढाइरहेका छन् । समाजवादीबाट पार्टी केन्द्रीय परिषद सदस्य, नेपाल दलित मुक्ति संगठन केन्द्रीय उपाध्यक्ष एवं कर्णाली प्रदेश इन्चार्ज वसन्त कुमार विश्वकर्माले आकांक्षा देखाएका छन् । उनी २०७४ मा एमालेबाट प्रदेशसभा समानुपातिक उम्मेदवार, २०७९ मा एकीकृत समाजवादीवाट प्रदेशसभा समानुपातिक उम्मेदवार बने पनि संसदमा पुग्ने अवसर पाएका छैनन् ।
गठबन्धनमा दलित कोटा समाजवादीको भागमा परेको खण्डमा विश्वकर्मा सम्भावित नेताका रुपमा हेरिएका छन् । दैलेखका बरुनाथ योगी पनि आकांक्षी छन् । पार्टी केन्द्रीय कमिटी सदस्य योगी लामो समय दैलेखमा एमालेको राजनीति गरेका नेता हुन् । केन्द्रीय कमिटी सदस्य, प्रदेश सचिव, पूर्व उपसभापति कृष्ण बहादुर बिसी, रूकुम पश्चिमबाट पार्टी पोलिटव्युरो सदस्य शेर बहादुर केसीले पनि आकांक्षा देखाएका छन् ।
एक केन्द्रीय सदस्यका अनुसार महिलातर्फ मुगुबाट पार्टी केन्द्रीय परिषद सदस्य जयनन्दा रावल, दैलेखबाट सावित्री मल्ल, कालिकोटबाट विजया विष्ट पनि आकांक्षी हुन् ।
समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले उम्मेदवारको विषयमा अहिलेसम्म कुनै छलफल नभएको बताए । ‘हामीले कर्णालीबाट एउटा सिट पाउनुपर्छ भनेका छौँ,’ उनले रातोपाटीसँग भने, ‘तीन दलले १-१ सिट पाउनुपर्छ भन्ने हो । गठबन्धनको केन्द्रले टुङ्गोमा पु¥याउला, केन्द्रको निर्णय अनुसार अघि बढ्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण