शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भारत र रुसबिच महत्त्वपूर्ण सम्झौता

बुधबार, ११ पुस २०८०, ११ : ३४
बुधबार, ११ पुस २०८०

मस्को । आफ्नो साझेदारीलाई अगाडी बढाउँदै भारत र रुसले मंगलबार कुडनकुलम आणविक ऊर्जा प्लान्टमा भविष्यको ऊर्जा उत्पादन एकाइहरू निर्माण गर्न केही अत्यन्त महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका छन्। रुसको पाँचदिने भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले रुसी उपप्रधानमन्त्री डेनिस मन्तुरोभसँगको भेटपछि उक्त सम्झौताको घोषणा गरेका हुन् ।

रसियामा बसोबास गर्ने भारतीय जनतालाई सम्बोधन गर्दै जयशंकरले भने, ‘आज मेरो र उपप्रधानमन्त्री मन्तुरोभको उपस्थितिमा हामीले कुडनकुलम आणविक परियोजनासँग सम्बन्धित सम्झौतालगायत धेरै महत्त्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर गरेका छौँ।’

रुसको प्राविधिक सहयोगमा तमिलनाडुमा भारतको सबैभन्दा ठूलो कुडनकुलम आणविक ऊर्जा केन्द्र निर्माण भइरहेको छ । निर्माण कार्य मार्च २००२ मा सुरु भएको थियो । फेब्रुअरी २०१६ सेकुडानकुलम पावर प्लान्टको पहिलो पावर युनिट १ हजार मेगावाटको क्षमतामा निरन्तर सञ्चालन भइरहेको छ। यो प्लान्टले सन् २०२७ सम्ममा पूर्ण क्षमतामा काम गर्ने अपेक्षा गरिएको छ ।

भारतीय समुदायलाई सम्बोधन गर्दै विदेशमन्त्री जयशंकरले रक्षा, आणविक ऊर्जा र अन्तरिक्षको क्षेत्रमा रुसलाई भारतको 'विशेष साझेदार' भनेर वर्णन गरे। उनले भने, ‘रक्षा, अन्तरिक्ष र आणविक ऊर्जाका क्षेत्रमा सहयोग ती देशहरूसँग गरिन्छ, जससँग तपाईंसँग उच्च स्तरको विश्वास हुन्छ ।आज मैले उपप्रधानमन्त्रीलाई भेट्दा, हाम्रो वार्ता टोली अर्को वर्षको सुरुमा भेट्ने कुरामा सहमत भयौँ। मलाई आशा छ कि जनवरीको अन्त्यसम्म हामी फेरि आमनेसामने बस्नेछौँ र वार्ता सुरु गर्नेछौँ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप