आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आगलागीबाट ९ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट

बुधबार, ११ पुस २०८०, ११ : ५५
बुधबार, ११ पुस २०८०

इलाम । सूर्योदय नगरपालिका-८ पाल्टाङ्गेस्थित सुभाकर पुरासैनीको घरमा गएराति आगलागी भएको छ  । 

विद्युत सर्ट भई भएको आगलागीमा नगद ७० हजार रूपैयाँ, घरमा रहेको कस्मेटिक पसल, फर्निचर लगायतका सामान जलेर करिब ९ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप