टेरामक्सको उद्देश्य नै स्पष्ट छैन - मनिष झा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले टेरामक्सको उद्देश्य स्पष्ट नभएको बताएका छन् । उनले आज सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै टेरामक्स जडानको लक्ष्य वा उद्देश्य नै स्पष्ट नभएको बताएका हुन् ।
यस्तै टेरामक्सका सामग्री जडान गर्न चाहिने उपकरण किन्न एडभान्स रकम पठाएको भनिए पनि कति रकम पठाएको नखुलेको झाको भनाई छ । एडभान्सबापतको रकम कति पठाएको हो भन्ने खुलाउन पर्ने उनको माग छ ।
यस्तै, नेपालबाट टेरामक्स उपकरण आयतमा भुक्तान गरेको भनिएको बैङ्कले पटक पटक कुनै विदेशी रकम सटही नभएको बताइसकेको उनले बताए । यसबाहेक, लेबनानको कम्पनीले ठेक्का पाउनुको तात्पर्य बुझ्न पर्ने समेत झाको भनाइ छ ।
तत्कालीन सञ्चार मन्त्रीको स्वकियसचिव यतिबेला टेरामक्सको रास्ट्रिय सल्लाहकारका रूपमा रहेको विषय समेत गम्भीर रहेको बताइएको छ । यसबाहेक नेपाली कम्पनीलाई छाडेर वर्सौ पहिलाको पुरानो प्रविधि किन्न पर्ने विषय झनै गम्भीर रहेको झाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण