'लेबनान आफै समस्यामा छ, नेपाललाई टेरामक्सको उपकरण कसरी बेच्न सक्छ ?'
काठमाडौँ । स्वतन्त्र सांसद् अमरेशकुमार सिंहले टेरामक्सको उपकरण किन्ने निर्णय नै बदनियत पूर्ण देखिएको बताएका छन् । आज बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै लेबनानसँग टेरामक्सको उपकरण किन्ने निर्णय नै बदनियत पूर्ण रहेको बताएका हुन् ।
उनले लेबनान आफै समस्याग्रस्त देश भएको समेत बताए । उनले भने – एउटा समस्याग्रस्त देशले अर्को समस्याग्रस्त देशलाई कसरी सामान बेच्न सक्छ ?
यस्तै उनले आजको छलफलमाथि नै प्रश्न उठाए । बैठकको मुख्य उद्देश्य नै स्पष्ट नभएको भन्दै सिंहले दैनिक भत्ता पचाउने लक्ष्यसहित आयोजना गरिएको यस्ता बैठकबाट केही टुङ्गो नलाग्ने दाबी गरे ।
टेरामक्स खरिद प्रक्रियामा आर्थिक लेनदेन प्रक्रिया पारदर्शी नरहेको पनि उनले बताए । एनसेल खरिद प्रक्रियामा समेत अफसोर कम्पनीको संलग्नता देखिएको र यस्तो कम्पनीमार्फत कारोबार गर्न भ्रष्टहरूलाई सहज हुने समेत दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण