शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

'लेबनान आफै समस्यामा छ, नेपाललाई टेरामक्सको उपकरण कसरी बेच्न सक्छ ?'

बुधबार, ११ पुस २०८०, १२ : ५०
बुधबार, ११ पुस २०८०

काठमाडौँ । स्वतन्त्र सांसद् अमरेशकुमार सिंहले टेरामक्सको उपकरण किन्ने निर्णय नै बदनियत पूर्ण देखिएको बताएका छन् । आज बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै लेबनानसँग टेरामक्सको उपकरण किन्ने निर्णय नै बदनियत पूर्ण रहेको बताएका हुन् । 

उनले लेबनान आफै समस्याग्रस्त देश भएको समेत बताए । उनले भने – एउटा समस्याग्रस्त देशले अर्को समस्याग्रस्त देशलाई कसरी सामान बेच्न सक्छ ? 

यस्तै उनले आजको छलफलमाथि नै प्रश्न उठाए । बैठकको मुख्य उद्देश्य नै स्पष्ट नभएको भन्दै सिंहले  दैनिक भत्ता पचाउने लक्ष्यसहित आयोजना गरिएको यस्ता बैठकबाट केही टुङ्गो नलाग्ने दाबी गरे । 

टेरामक्स खरिद प्रक्रियामा आर्थिक लेनदेन प्रक्रिया पारदर्शी नरहेको पनि उनले बताए । एनसेल खरिद प्रक्रियामा समेत अफसोर कम्पनीको संलग्नता देखिएको र यस्तो कम्पनीमार्फत कारोबार गर्न भ्रष्टहरूलाई सहज हुने समेत दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप