प्रहरीमा प्राविधिकतर्फका एसएसपी र एसपीको दुई वटा दरबन्दी जनपदतर्फ ल्याउन प्रस्ताव

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्राविधिकतर्फका दुई वटा दरबन्दी जनपदतर्फ ल्याउन प्रस्ताव गरेको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्राविधिक प्रहरी समूह तर्फको सवारी महाशाखा र सङ्गीत विद्यालयको प्रमुखको दरबन्दी जनपदतर्फ ल्याउन गृह मन्त्रालयमा प्रस्ताव गरेका हुन् ।
इन्जिनियरिङ उपसमूह, सवारी महाशाखामा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक दिनेश केसीले राजीनामा दिएपछि सो पद अहिले रिक्त छ । सङ्गीत विद्यालयको यसअघिका प्रमुख (प्रहरी उपरीक्षक)ले राजीनामा दिएसँगै सो दरबन्दी पनि रिक्त भएको हो ।
नेपाल प्रहरीका डिएसपीहरूलाई एसपीमा बढुवा गर्न सकस भएसँगै आईजीपी कुँवरले दरबन्दी मिलानको प्रस्ताव गरेका हुन् । मन्त्रिपरिषद्ले प्राविधिकतर्फको दरबन्दी मिलान गर्ने निर्णय गरेमा १० जनालाई एसपीमा बढुवा गर्न बाटो खुल्छ ।
जनपदतर्फका प्रहरी वरिष्ठ उपरीक्षक मोहन पोखरेल अवकाशमा गएका छन् । पोखरेलको अवकाशसँगै रिक्त दरबन्दी र सवारी महाशाखाको दरबन्दी मिलान गरेर दुई जनालाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गर्ने तयारी गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
आईजीपी कुँवरले गरेको दरबन्दी मिलानको प्रस्ताव गृह मन्त्रालयमा पुगेको छ । सो प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा पेस गर्न छलफल भइरहेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
प्रहरी वरिष्ठ उपरीक्षकको दुई सिटमा बढुवा हुन रमेश बस्नेत, हिरा बहादुर पाण्डे र रवीन्द्र रेग्मी सहितका अधिकृतहरू प्रतिस्पर्धामा छन् ।
एसएसपी बढुवा भएपछि रिक्त हुने १० जना एसपीको दरबन्दीमा बढुवा हुन १२ जना डिएसपीहरू प्रतिस्पर्धामा छन् । मेरिट लिस्टको एक नम्बरमा प्रदीप बहादुर क्षेत्री छन् । अङ्गुर जि.सी., ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रन्जितकार, निरञ्जन दत्त भट्ट, राजन लिम्बु, सन्तोष तामाङ, एक नारायण कोइराला, अनन्तराम शर्मा र विनोद घिमिरे (क) एसपी बढुवाका प्रतिस्पर्धी हुन् । उनीहरू २०७२ साउन ८ मा डिएसपीमा बढुवा भएका थिए । सो मितिमा बढुवा भएका ३ जना यसअघि नै एसपीमा बढुवा भैसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने
-
नेपालको सिरिज जित्ने सम्भावना बलियो *
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ