३०० करोड भारुको फिल्ममा भिलेन बन्दै बबी देओल
नयाँ दिल्ली । बलिउड अभिनेता बबी देओल आजभोलि एनिमल फिल्मको सफलताको मज्जा लिइरहेका छन् । यस फिल्ममा छोटो समय मात्रै देखिएका बबी खलपात्रको भूमिकामा थिए । तर १५ मिनेटको उनको भूमिका रणवीर कपूरमाथि भारी भइदियो । उनको नकारात्मक भूमिकालाई निकै मन पराइएको छ ।
एनिमलमार्फत बबीले वर्षौपछि ठूलो पर्दामा शानदार कमब्याक गरेका छन् । नकारात्मक भूमिकामा उनी देखिएको यो पहिलो पटक होइन । यसअघि लभ होस्टलमा पनि उनी निगेटिभ भूमिकामा देखिएका थिए । यो फिल्म ओटीटीमा रिलिज भएको थियो । तर एनिमलले उनको लोकप्रियता कयौँ गुणा बढाइदिएको छ । एनिमलमा उनले अबरार हकको भूमिका निभाएका थिए । फिल्ममा उनको एउटै डाइलग थिएन । तर आफ्नो बडी ल्याङ्गवेज र एक्सप्रेशनले दर्शकहरुको मन जिते ।
बबी अब दक्षिण भारतका २ ठूला फिल्ममा भिलेनको भूमिकामा देखिँदैछन् । तमिल सुपरस्टार सूर्याको बहुप्रतिक्षित फिल्म कंगुवामा बबी देओल नेगेटिभ भूमिकामा देखिनेछन् । यो फिल्म ३०० करोड भारुको बजेटमा बन्न लागेको हो । यो एनिमलको तेब्बर बजेट हो । यो प्यान इन्डियन फिल्म हुने बताइएको छ । यस फिल्ममा दिशा पटानी पनि छिन् ।
कंगुवाको टिजर सूर्याको जन्मदिनमा आएको थियो । मेकरहरुले फिल्म रिलिजको डेट भने खुलासा गरेका छैनन् । यो फिल्म सन् २०२४ मा रिलिज हुने बताइएको छ । बबी देओल पवन कल्याणको ‘हरि हरा वीरा मल्लू’मा पनि भिलेनमा देखिँदैछन् । फिल्म बनेर तैयार भइसक्यो । तर पवनको कमिटेमेन्ट्सका कारण फिल्मको रिलिजको डेट फाइनल हुन सकेको छैन । वेब सिरिज आश्रमको तीन ओटै सिजनमा पनि बबी नेगेटिभ शेडमा देखिएका थिए । फिल्मको अर्को सिजनमा भने उनी भिलेनको रोलमा देखिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण