श्रमको सम्मान गर्नसके मात्र विकास सम्भव : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले श्रमको सम्मान गर्न सके मात्र देशको विकास हुने उल्लेख गरेका छन् । बुधबार श्रम बजार सूचना प्रणाली श्रम संसारको सुरुवात गर्दै मुख्यमन्त्री कार्कीले श्रममा ठूलो सानो नहुने बताएका हुन् ।
‘हाकिमदेखि स्वीपरसम्म सबैले आफ्नो काम गरिरहेको अवस्था छ । सबै आफ्नो ठाउँमा दक्ष हुन्छ । आफ्नो काम जानेको हुन्छ, श्रममा को ठूलो को सानो हुन्छ र ? त्यस कारण श्रमको सम्मान गर्न जरुरी रहेको छ ।’
मुख्यमन्त्री कार्कीले दक्ष जनशक्ति रोज्नका लागि श्रम संसार महत्त्वपूर्ण साबित हुने उल्लेख गरेका छन् । ‘अब यस क्षेत्रमा कसैले पनि काम गर्ने मान्छे रोजेर पाइने भएको छ,उनले भने, यसले हाम्रो श्रम बजारलाई समेत व्यवस्थित गर्दछ ।’
मुख्यमन्त्री कार्कीले मानिसको आवश्यकता अनुसार श्रममा लाग्न सक्ने उल्लेख गर्दै श्रम बजार जति फैलियो त्यति विकाशले गति लिने बताए ।
श्रम सञ्चार कोशी प्रदेशको सामाजिक विकाश मन्त्रालयले स्विस कन्ट्याकका साथै आसमान नेपालसँगको सहकार्यमा सञ्चालित ‘स्टेप अप’ परियोजना हो । यस परियोजनाले सुरुवातमा कोशी प्रदेशका विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिकाका साथै दुहबी नगरपालिकाले साझेदारी गरेका छन् । क्रमशः सबै पालिका समेट्ने लक्ष रहेको स्विस कन्ट्याकका प्रोजेक्ट अफिसर सागर चापागाईँले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण