एनसेलको सेयर खरिद बिक्री प्रकरणमा सूचना प्रविधि समितिले छलफल गर्ने
काठमाडौँ । एनसेलको सेयर खरिद बिक्री प्रकरणमा संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले समेत छलफल गर्ने भएको छ । त्यसका लागि भोली (बिहीबार) समितिको बैठक बोलाएको छ । समितिले उक्त प्रकरणलाई बेवास्ता गर्दै आएको आरोप लागिरहेका बेला बैठक बोलाइएको हो ।
समिति सभापति भानुभक्त जोशीले यसअघिको बैठकमा उक्त प्रकरणमा बेवास्ता गरेको भन्दै आलोचना भएको बताएका थिए । त्यही आधारमा समिति सदस्यहरूले उक्त विषयमा छलफल गर्नुपर्ने धारणा राखेका थिए । सोही आधारमा समितिले बैठक बोलाएको हो ।
यो विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले अनुसन्धान गरिरहेको छ । त्यस्तै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले समेत विभिन्न निर्णयहरू गरेको छ । पुस ३ गते बसेको समितिको बैठकले मलेसियन कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री गरेको प्रकरणमा सरकारलाई आवश्यक निर्देशन दिँदै ६ बुँदे निर्णय गरेको थियो ।
यो विषयमा अनुसन्धान गर्न सरकारले टंकमणी शर्मा दंगालको संयोजकत्वमा अध्ययन तथा छानबिन समिति गठन गरेको थियो । सुशासन समितिले प्रचलित कानुन बमोजिम राज्यलाई तिर्नुपर्ने वा बुझाउनुपर्ने कर–गैरकर रकम एनसेलबाट असुल उपर गर्न सरकारलाई निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण