मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
मोर्चा बैठक

विप्लवमाथिको पक्राउ पुर्जीबारे कानुनसम्मत ढंगले समाधान खोज्न सरकारलाई समाजवादी मोर्चाको आग्रह

पुसभित्र बाँकी जिल्ला कमिटी गठन गर्ने, संयोजकमा नेपाललाई निरन्तरता
बुधबार, ११ पुस २०८०, २० : ५१
बुधबार, ११ पुस २०८०

काठमाडौँ । समाजवादी मोर्चाले नेपालले आफ्ना कार्यक्रमलाई निरन्तरता दिने भएको छ । त्यसअन्तर्गत जिल्ला कमिटी गठन गर्न बाँकी रहेका स्थानमा पुस महिनाभित्र कमिटी गठन गरिसक्ने निर्णय गरेको छ । 

बुधबार बेलुका बसेको बैठकले पुस महिनामा बाँकी जिल्ला कमिटी गठन गर्ने र माघमा सम्भव भएका जिल्लाहरुमा सन्देश सभाहरु गर्ने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका मोर्चाका नेता प्रमेश हमालले जानकारी दिए । साथै बैठकले तत्काललाई मोर्चाको संयोजकको जिम्मेवारी माधव नेपाललाई नै सम्हाल्न भनिएको छ । 

‘मोर्चाको जिल्ला कमिटी गठन गर्न बाँकी रहेका स्थानमा पुस महिनाभित्र गठन गर्ने, माघमा सम्भव भएका जिल्लामा सन्देश सभाहरुको आयोजना गर्ने, र सहिद दिवसका दिन मोर्चाको ब्यानरमा कार्यक्रम गर्ने निर्णय भएको छ’, हमालले भने, ‘मोर्चाको संयोजकको जिम्मा हाललाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निरन्तरता दिने पनि नेताहरुबीच निर्णय भएको छ ।’ मोर्चाको संयोजक पालैपालो गर्ने र ६, ६ महिनामा संयोजक परिवर्तन गर्ने यसअघिको निर्णय थियो । त्यस आधारमा नेता नेपालको कार्यविधि सकिसकेको छ । साथै मोर्चाको बैठकमा नेकपाका नेताहरु नेत्रविक्रम चन्द, खड्गबहादुर विश्वकर्मा लगायतमाथि अदालतले  जारी गरेको पक्राउ पुर्जीका बारेमा समेत छलफल भएको छ । 

‘राजनीतिक प्रकृतिका मुद्दाहरूका बारेमा कानुनसम्मत ढंगबाट समाधान गर्न सरकारलाई मोर्चाले आग्रह गर्ने निर्णय गरेको छ’, हमालको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप