विप्लवमाथिको पक्राउ पुर्जीबारे कानुनसम्मत ढंगले समाधान खोज्न सरकारलाई समाजवादी मोर्चाको आग्रह
काठमाडौँ । समाजवादी मोर्चाले नेपालले आफ्ना कार्यक्रमलाई निरन्तरता दिने भएको छ । त्यसअन्तर्गत जिल्ला कमिटी गठन गर्न बाँकी रहेका स्थानमा पुस महिनाभित्र कमिटी गठन गरिसक्ने निर्णय गरेको छ ।
बुधबार बेलुका बसेको बैठकले पुस महिनामा बाँकी जिल्ला कमिटी गठन गर्ने र माघमा सम्भव भएका जिल्लाहरुमा सन्देश सभाहरु गर्ने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका मोर्चाका नेता प्रमेश हमालले जानकारी दिए । साथै बैठकले तत्काललाई मोर्चाको संयोजकको जिम्मेवारी माधव नेपाललाई नै सम्हाल्न भनिएको छ ।
‘मोर्चाको जिल्ला कमिटी गठन गर्न बाँकी रहेका स्थानमा पुस महिनाभित्र गठन गर्ने, माघमा सम्भव भएका जिल्लामा सन्देश सभाहरुको आयोजना गर्ने, र सहिद दिवसका दिन मोर्चाको ब्यानरमा कार्यक्रम गर्ने निर्णय भएको छ’, हमालले भने, ‘मोर्चाको संयोजकको जिम्मा हाललाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निरन्तरता दिने पनि नेताहरुबीच निर्णय भएको छ ।’ मोर्चाको संयोजक पालैपालो गर्ने र ६, ६ महिनामा संयोजक परिवर्तन गर्ने यसअघिको निर्णय थियो । त्यस आधारमा नेता नेपालको कार्यविधि सकिसकेको छ । साथै मोर्चाको बैठकमा नेकपाका नेताहरु नेत्रविक्रम चन्द, खड्गबहादुर विश्वकर्मा लगायतमाथि अदालतले जारी गरेको पक्राउ पुर्जीका बारेमा समेत छलफल भएको छ ।
‘राजनीतिक प्रकृतिका मुद्दाहरूका बारेमा कानुनसम्मत ढंगबाट समाधान गर्न सरकारलाई मोर्चाले आग्रह गर्ने निर्णय गरेको छ’, हमालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण