शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

बाराबाट १५ लाख रुपैयाँ बराबरका मोबाइलसहित एकजना पक्राउ

बुधबार, ११ पुस २०८०, २२ : १५
बुधबार, ११ पुस २०८०

बारा ।  भन्सार छलेर भारतबाट नेपालमा बिक्रीका लागि ल्याएका १५ लाख रुपैयाँ बराबरका मोबाइलसहित एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

भन्सार छलेर ल्याइएका १५ लाख रुपैयाँ बराबरका विभिन्न कम्पनीका ५१ थान मोबाइल र चार्जरसहित प्रहरीले बारागढी गाउँपालिका–३ खोपवाका रुपन भन्ने रूपनारायण चौधरीलाई पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा बुधबार राति ८ बजेको समयमा प्रहरीले चौधरीको घरमा छापामारी गर्दा विभिन्न कम्पनीका ५१ थान मोबाइल, ४८ थान चार्जर र ९ थान ब्याट्री बरामद गरेको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन् । 

प्रहरी प्रमुख काफ्लेकाअनुसार मोबाइलसहित पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय बारामा नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप