बाराबाट १५ लाख रुपैयाँ बराबरका मोबाइलसहित एकजना पक्राउ
बुधबार, ११ पुस २०८०, २२ : १५
बारा । भन्सार छलेर भारतबाट नेपालमा बिक्रीका लागि ल्याएका १५ लाख रुपैयाँ बराबरका मोबाइलसहित एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।
भन्सार छलेर ल्याइएका १५ लाख रुपैयाँ बराबरका विभिन्न कम्पनीका ५१ थान मोबाइल र चार्जरसहित प्रहरीले बारागढी गाउँपालिका–३ खोपवाका रुपन भन्ने रूपनारायण चौधरीलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा बुधबार राति ८ बजेको समयमा प्रहरीले चौधरीको घरमा छापामारी गर्दा विभिन्न कम्पनीका ५१ थान मोबाइल, ४८ थान चार्जर र ९ थान ब्याट्री बरामद गरेको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
प्रहरी प्रमुख काफ्लेकाअनुसार मोबाइलसहित पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय बारामा नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण