धरौटी बुझाएपछि शरणार्थी नेता रिजाल रिहा
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर आज रिहा भएका छन् । उक्त मुद्दामा सात महिना हिरासतमा बसेका नेता रिजाल धरौटी बुझाएर आज रिहा भएका हुन् ।
उनलाई उच्च अदालत पाटनले १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर धरौटी रकम बुझाउन नसक्दा सुन्धारा कारागारमा रहेका उनी धरौटी बुझाएपछि आज रिहा भएका उनका सहयोगी विश्वनाथ क्षेत्रीले जानकारी दिए ।
रिहाइपछि रिजालले आफ्नो पक्षमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । धरौटीको रकम बुझाउन नसक्दा उनी आदेश आएपछि पनि झण्डै एक महिना कारागारमा रहनुपर्यो । गत मङ्सिर १५ मा उनलाई धरौटीमा रिहा गर्न आदेश भएको थियो ।
काठमाडौँ जिल्ला अदालतमा आइतबार बेलुकी धरौटी रकम बुझाएका उनलाई बिदा भएका कारण आज मात्रै रिहा गरिएको हो । अब उनी पुस २० गते काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ । शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण उच्चको आदेशअनुसार जिल्ला अदालतमा ३० लाख र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख रुपैयाँ बुझाएर रिहा भएका छन् ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप, आरोपी नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ र रामशरण केसीले पनि तोकिएको रकम बुझाएर रिहा भइसकेका छन् । उक्त प्रकरणमा पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वउपप्रधानमन्त्री रायमाझी, इन्द्रजीत राईलगायत भने पुर्पक्षका लागि कारागार नै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण