नेपाल सुपर लिग : फाइनल पुग्न ललितपुर र पोखराबिच आज प्रतिस्पर्धा
बिहीबार, १२ पुस २०८०, ०७ : ०४

काठमाडौँ । नेपाल सुपर लिगको फाइनल प्रवेशका लागि आज ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबिच भिडन्त हुने भएको छ । त्रिपुरेश्वर स्थित रङ्गशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।
प्रतियोगिताको विजेता टिमले फाइनलमा धनगढी एफसीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पेनाल्टी सुटआउटमा पराजित बनेको पोखराले दोस्रो क्वालिफायरको मौका पाएको हो ।
ललितपुरले भने इलिमिनेटरमा साविक विजेता काठमाडौँ रेजर्सविरुद्ध ३–० को जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन
-
ट्र्याक खुलेको १४ वर्षपछि दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति
-
यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोडभन्दा बढी राजस्व सङ्कलन
-
नवउदारवाद मर्दैछ, प्रविधि सामन्तवाद जन्मदैछ
-
शुक्लाफाँटाको सबै वडामा माटोको नमुना परीक्षण