नेपाल–ल्हासा सिधा उडान सुरु, नेपाल–तिब्बत सम्बन्धको दोस्रो सेतु बनेको मन्त्री किराती भनाइ
काठमाडौँ । नेपाल–ल्हासा सिधा हवाई उडान सुरु भएको छ । हिमालयन एयरलाइन्सले बिहीबारदेखि काठमाडौँबाट लासा नियमित उडान सुरु गरेको हो । काठमाडौँ–ल्हासा उडान उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चीन र नेपालको सम्बन्धमा नेपाल लासा सिधा हवाई उडान दोस्रो सेतुको रुपमा स्थापित भएको बताए ।
उनले भने– 'सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो । त्यसैले, अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ । अब दोस्रो प्रमुख सेतु हुनेछ-नेपालबाट तिब्बतमा हुने सोझो हवाई उडान । तिब्बतको ल्हासामा प्रति वर्ष लगभग १ करोड पर्यटकहरू घुम्न आउने गर्छन् जसमध्ये ठुलो सङ्ख्या चिनियाँ बौद्ध धर्मावलम्बीहरूको हुने गर्छ जसको २५ प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपाल भित्र्याउन सकियो भने अर्थतन्त्रमा ठुलो टेवा पुग्ने छ ।'
नेपाल र चीनबिचको सम्बन्धमा केही ऐतिहासिक व्यक्तिले कोश ढुङ्गाको काम गरेका उनले बताए । उनले भने –'पाँचौँ शताब्दीमा बुद्धभद्रले बुद्धसूत्रको अनुवाद गर्दै चीनमा बुद्धधर्मको प्रचार गर्ने काम गरे। सातौँ शताब्दीमा बेहुली बनेर तिब्बत गएकी राजकुमारी भृकुटीले नेपाली कला र संस्कृतिलाई तिब्बतभर छर्ने काम गरिन्। १३ औँ शताब्दीमा अरनिकोले चीनलाई कर्म थलो बनाएर नेपाली बास्तुकलालाई चीनमा परिचित गराए । चिनियाहरुले गौतम बुद्ध जन्मिएको देश र एक असल मित्र राष्ट्र भनेर मान्छ । एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता रहेको छ । कोम्निङ, बेइजिङ, साङ्घाई क्विङ्डाओ, चोङ्कुइङ,कोङ्मिङ पछि ल्हसामा समेत गरेर ६ गन्तव्यमा उडान हुन थालेको हो ।'
यससँगै ल्हासामा उडान गर्ने पहिलो विदेशी कम्पनीको रुममा हिमालाइन एयरलाइन्स रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण