एनएसएलको विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउने
काठमाडौँ । नेपालको एकमात्र फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण अन्त्यतिर आइपुग्दा आयोजकले पुरस्कार राशिमा वृद्धि गर्ने घोषणा गरेको छ । नेपाल सुपर लिगको आयोजक नेपाल स्पोर्टस एन्ड ईभेन्ट म्यानेजमेन्ट प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कार राशि वृद्धिको घोषणा गरेको हो ।
आयोजकका अनुसार, यस पटक विजेतालाई प्रदान गरिने पुरस्कार राशि दोब्बर बनाइने भएको छ । यस पटक उपाधि जित्ने टोलीले ७० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । यसअघि प्रतियोगिताको पहिलो संस्करणको विजेताले ३५ लाख रुपैयाँ नगद पुरस्कार पाएको थियो ।
प्रतियोगिताको उपविजेता टोलीले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ । यसका अतिरिक्त प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ‘गोल्डेन बल’का अतिरिक्त दुई लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीलाई ‘गोल्डेन बुटका अतिरिक्त एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षकलाई ‘गोल्डेन ग्लोभ्स’ का अतिरिक्त एक लाख रुपैयाँ नगद पुरस्कार दिइने छ । प्रतियोगिताको उदीयमान खेलाडीलाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण