एनएसएलको विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउने

काठमाडौँ । नेपालको एकमात्र फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण अन्त्यतिर आइपुग्दा आयोजकले पुरस्कार राशिमा वृद्धि गर्ने घोषणा गरेको छ । नेपाल सुपर लिगको आयोजक नेपाल स्पोर्टस एन्ड ईभेन्ट म्यानेजमेन्ट प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कार राशि वृद्धिको घोषणा गरेको हो ।
आयोजकका अनुसार, यस पटक विजेतालाई प्रदान गरिने पुरस्कार राशि दोब्बर बनाइने भएको छ । यस पटक उपाधि जित्ने टोलीले ७० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । यसअघि प्रतियोगिताको पहिलो संस्करणको विजेताले ३५ लाख रुपैयाँ नगद पुरस्कार पाएको थियो ।
प्रतियोगिताको उपविजेता टोलीले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ । यसका अतिरिक्त प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ‘गोल्डेन बल’का अतिरिक्त दुई लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीलाई ‘गोल्डेन बुटका अतिरिक्त एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षकलाई ‘गोल्डेन ग्लोभ्स’ का अतिरिक्त एक लाख रुपैयाँ नगद पुरस्कार दिइने छ । प्रतियोगिताको उदीयमान खेलाडीलाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम नवलपरासीबाट हुण्डीको १२ लाखसहित दुई जना पक्राउ
-
सीके राउतले भने– योजना र सरुवा बढुवाका लागि फोन नगर्नू
-
सुगम पोखरेलको नयाँ गीत ‘निलो गहिरो’ सार्वजनिक
-
एकीकृत समाजवादी रुपन्देही जिल्ला अधिवेशनको तयारी पूरा
-
आईपीएलमा फेरि लागू हुँदैछ यो नियम, दबाबमा पर्न सक्छन् ब्याट्सम्यान
-
थारु, मुस्लिमलगायत समुदायको आरक्षणको माग सम्बोधन हुन्छः प्रधानमन्त्री