सांसद एकनाथ ढकालको प्रश्न : समानुपातिक सांसद सूचीमा भएको मान्छे पशुपतिको कार्यकारी निर्देशक हुन पाउँछ ?
काठमाडौँ । नेकपा एमालेका तर्फबाट सांसद रहेका परिवार दलका अध्यक्ष एकनाथ ढकालले पशुपति क्षेत्र विकास काेषकाे कार्यकारी निर्देशक नियुक्ति विवादास्पद रहेको भन्दै प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तरगत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै ढकालले नियुक्तिबारे प्रश्न गरेका हुन् ।
उनले कार्यकारी निर्देशकमा लक्ष्मी पुनको योग्यता पुगेको छ कि छैन ? मास्टर्स गरेको छ भने १५ वर्ष र स्नातक हो भने २० वर्ष कुनै संस्थामा काम गरेको छ कि छैन ? भन्दै प्रश्न उठाए । ढकालले पुन अहिलेसम्म पनि समानुपातिक सांसदको सूचीमा रहेको बताउँदै समानुपातिक सूचीमा रहेको मान्छे कार्यकारी नियुक्त गर्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न पनि उठाए ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले कार्यकारी निर्देशक नियुक्तिमा के आधारमा मापदण्ड पूरा गरिएको भन्दै प्रश्न गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर राणाले लक्ष्मी पुन क्रिश्चियन धर्मावलम्बी रहेको कुरा उनी बसेको घरको महिलाले बताएको उल्लेख गर्दै उनको धर्म के हो छानबिन गर्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रो हिन्दुको आस्थाको केन्द्रमा कार्यकारी निर्देशकमा नियुक्त गर्दा उनी क्रिश्चियन हो भने राज्यले घोर अन्याय र अपराध गरेको छ । उनको योग्यता छानबिन गर्नुपर्यो । निर्देशिका भएको मापदण्ड अनुसार छ कि छैन हेर्नुपर्यो । यो चानचुने विषय हैन, यसमा गम्भीर भएर छानबिन गर्नुपर्छ ।’
यस्तै सांसद छिरिङ ल्हामु लामाले भने पुन ‘कर्णालीकी महिला, हिजो धर्मनिरपेक्षताका लागि लडेको महिला’ भएको भन्दै उनीमाथि प्रश्न उठाउन नहुने बताइन् ।
उनले सामाजिक सञ्जालमा लक्ष्मी पुनलाई क्रिश्चियन धर्मावलम्बी भनेर मानहानि गरेको बताइन् । उनको योग्यतामाथि प्रश्न उठाएर कर्णालीकी चेलीमाथि गरेको व्यवहारले दुखी बनाएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण