विद्युत् नकाट्न आदेश गरेको ६ उद्योगबाट ४ अर्ब बक्यौता उठ्न बाँकी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल नतिर्ने उद्योगहरुको लाइन धमाधम काट्न थालेपछि उच्च अदालत पाटनमा परेको टिमा केही उद्योगहरुको लाइन नकाट्न अन्तरिम आदेश जारी भएको थियो । ती उद्योगहरुबाट हालसम्म ४ अर्ब ३९ लाख ९५ हजार १७२ रुपैयाँ १२ पैसा बक्यौता उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
रघुपती जुट मिल, विराटनगरबाट २१ करोड ८ लाख ४२ हजार रुपैयाँ, अरिहन्त मल्टीफाईवर लि. दुहवीबाट १८ करोड ६ लाख ६७ हजार रुपैयाँ, अरिहन्त पोलीप्याक लि.दुहवीबाटै ५ करोड ९५ लाख ९६ हजार रुपैयाँ, मारुती सिमेन्ट प्रा.लि.मिचैयाबाट ९७ करोड ९२ लाख ५९ हजार रुपैयाँ, युनाइटेड सिमेन्ट प्रा.लि.धादिङबाट २९ करोड ४६ लाख ६२ हजार रुपैयाँ र शिवम् सिमेन्ट हेटौडाबाट २ अर्ब २७ करोड ८९ लाख ६५ हजार रुपैयाँ बक्यौता बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
मंसिर मसान्तसम्म सबै ६१ वटा उद्योगहरुबाट डेडिकेटेट र ट्रंक रुट उपभोग गरे बापत कूल २२ अर्ब २४ करोड ५७ लाख ७७ हजार ५२० रुपैयाँ १२ पैसा उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण