शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

हिजबुल्लाह र लेबनानलाई इजरायलको चेतावनी

बिहीबार, १२ पुस २०८०, १७ : ०९
बिहीबार, १२ पुस २०८०

तेल अभिभ । इजरायलका एक मन्त्रीले हिजबुल्लाहले आक्रमण जारी राखेमा इजरायली सेनाले लेबनानको सीमाबाट हिजबुल्लाहलाई हटाउन कारबाही गर्ने चेतावनी दिएका छन् । यदि विश्व र लेबनानी सरकारले उत्तरी इजरायलमा चरमपन्थीहरूको गोलाबारी रोक्न नसके इजरायली सेनाले हस्तक्षेप गर्ने मन्त्री बेनी गान्ट्जले बताएका हुन्   ।

उनले अब कूटनीतिक समाधान खोज्ने समय सकिएको बताएका हुन् । अक्टोबर ७ मा हमास र इजरायलबिच सुरु भएको युद्धपछि इजरायल र लेबनानबिचको सीमा क्षेत्रमा गोली हानाहानका घटनाहरू बढेका छन् । जसका कारण गाजाको युद्ध सम्पूर्ण क्षेत्रमा फैलिन सक्ने चिन्ता पनि बढिरहेको छ ।

‘इजरायलको उत्तरी सिमानामा स्थिति परिवर्तन गर्न आवश्यक छ,’ गान्ट्जले बुधबार पत्रकार सम्मेलनमा भने, ‘कूटनीतिक समाधानको लागि समय सकिँदैछ, यदि विश्व र लेबनानी सरकारले उत्तरमा इजरायलको गोलाबारी रोक्न र हिजबुल्लाहलाई सीमाबाट हटाउन कदम चालेन भने इजरायली सेनाले गर्नेछ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप