हिजबुल्लाह र लेबनानलाई इजरायलको चेतावनी
तेल अभिभ । इजरायलका एक मन्त्रीले हिजबुल्लाहले आक्रमण जारी राखेमा इजरायली सेनाले लेबनानको सीमाबाट हिजबुल्लाहलाई हटाउन कारबाही गर्ने चेतावनी दिएका छन् । यदि विश्व र लेबनानी सरकारले उत्तरी इजरायलमा चरमपन्थीहरूको गोलाबारी रोक्न नसके इजरायली सेनाले हस्तक्षेप गर्ने मन्त्री बेनी गान्ट्जले बताएका हुन् ।
उनले अब कूटनीतिक समाधान खोज्ने समय सकिएको बताएका हुन् । अक्टोबर ७ मा हमास र इजरायलबिच सुरु भएको युद्धपछि इजरायल र लेबनानबिचको सीमा क्षेत्रमा गोली हानाहानका घटनाहरू बढेका छन् । जसका कारण गाजाको युद्ध सम्पूर्ण क्षेत्रमा फैलिन सक्ने चिन्ता पनि बढिरहेको छ ।
‘इजरायलको उत्तरी सिमानामा स्थिति परिवर्तन गर्न आवश्यक छ,’ गान्ट्जले बुधबार पत्रकार सम्मेलनमा भने, ‘कूटनीतिक समाधानको लागि समय सकिँदैछ, यदि विश्व र लेबनानी सरकारले उत्तरमा इजरायलको गोलाबारी रोक्न र हिजबुल्लाहलाई सीमाबाट हटाउन कदम चालेन भने इजरायली सेनाले गर्नेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण