शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तीनै तहका सरकार जनता र पार्टीप्रति जिम्मेवार देखिएनन् : नैनसिंह महर

बिहीबार, १२ पुस २०८०, १८ : १३
बिहीबार, १२ पुस २०८०

काठमाडौँ  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तीनै तहका सरकार जनता र पार्टीप्रति जिम्मेवार नदेखिएको आरोप लगाएका छन् ।

बिहीबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा उनले तीनै तहका सरकार जनता र पार्टीप्रति जिम्मेवार नदेखिएको आरोप आरोप लगाएका हुन् ।

तीनै तहको सरकार सञ्चालनका लागि संयन्त्र निर्माण गर्ने भनिए पनि कार्यान्वयन नभएको भन्दै प्रश्न गरेका छन् । यसमा पार्टीको आधिकारिक दृष्टिकोण आउनुपर्ने उनको भनाइ थियो ।

‘हाम्रा प्रतिस्पर्धी (प्रतिपक्षी) पार्टीप्रति पार्टीको आधिकारिक दृष्टिकोण तयार गर्नुपर्दछ,’ उनले बैठकमा भने । 

उनले महासमिति बैठकबाट (नीति अधिवेशनबाट) निर्माण हुने नीतिका लागि सबै तहको धारणा लिने व्यवस्था मिलाउनुपर्ने बताए । ‘नेपाली कांग्रेसको इतिहासमा पहिलो पटक नीति निर्माणका लागि नीति नीति अधिवेशन गर्दैछ । त्यो तय भएको नीतिले राष्ट्र र जनताको जीवनमा प्रभाव पार्ने हुनाले ८ लाख ६६ हजार कृयाशील सहित समग्र जनताको अपनत्व हुने गरी नीति निर्माण गरिनु पर्छ,’ उनले भने ।

मुलुक र राष्ट्रको समृद्धिका लागि जनताको धारणा समावेश गरेर अगाडी बढ्नु पर्ने र त्यसलाई कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो । कांग्रेसले पुस १६ देखि माघ १६ सम्म गर्न लागिको ‘समुदायमा कांग्रेस’ धारणा तय गर्नुपर्ने उनले बताए । यस्तै उनले राष्ट्रियसभाका उम्मेदवार तय गर्दा मापदण्ड बनाउनुपर्नेमा जोड दिए । 

पार्टीका भ्रातृ संस्थाको महाधिवेशन गराउनबारे पदाधिकारीको ध्यानाकर्षण गराएका थिए । उनले भने, ‘पार्टीको पदाधिकारी तहमा भ्रातृ संस्थाको महाधिवेशन नगराउने सहमति भएको भन्ने छ । महाधिवेशन नगराउने भनेर सहमति गर्नु लोकतन्त्र विरोधी कुरा हो । भ्रातृ संस्थाको महाधिवेशन गराउनुपर्छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप