आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीका ५० जना नेताको अंगदानका लागि स्वीकृति

बिहीबार, १२ पुस २०८०, १९ : ५७
बिहीबार, १२ पुस २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका ५० जना नेताले मरणोपरान्त अंगदान गर्न स्वीकृति दिएका छन् ।

सो पार्टीको ७० औँ सचिवालय बैठकले मरणोपरान्त अंगदान गर्न अभियानकै रुपमा अघि बढाउने निर्णय गरेको थियो । सोही अनुसार बिहीबार सम्म ५० जना नेताले अंगदानका लागि आवश्यक फर्म भरेर स्वीकृति दिएका हुन् । 

एकीकृत समाजवादीको जारी केन्द्रीय समिति बैठकमा सहभागी नेताहरुले अंगदानका लागि स्वीकृति दिएको सो पार्टीका केन्द्रीय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । त्यसका लागि बिहीबार बैठक स्थलमै सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका प्रमुख डा. पुकार श्रेष्ठ नेतृत्वको टोलीले सचिवालय सदस्य लगायतका नेताहरुको फर्म भरेको छ ।

‘मानिसहरुले सहज रुपमा अंग दान गर्न पाउनुपर्छ भन्ने मान्यता अनुसार हामीले पार्टीभित्र अंगदानका लागि अभियानकै रुपमा चलाउने घोषणा गरेका छौ । सोही अनुसार ५० जना नेताहरुले स्वीकृति दिइसक्नु भएको छ ’, नेता श्रेष्ठको भनाइ । कलेजो, किडनी लगायतका समस्याबाट मानिसहरु पीडित भएर मृत्युवरण समेत गर्नुपरेको अवस्थालाई ध्यानमा राखेर कोही पनि मानिस अंग नपाएर नमरोस् भनेर यस्तो अभियान चलाएको एकीकृत समाजवादीको भनाइ छ । 

८० जनाले राखे धारणा 

यसैबीच बुधबारबाट सुरु भएको एकीकृत समाजवादीको बैठकमा बिहीबारसम्म ८० जनाले विधान संशोधन प्रस्तावमाथि धारणा राखेका छन् । करिब ३ सय केन्द्रीय सदस्य रहेको सो पार्टीमा धेरैजसोले लिखित नै धारणा राखेको नेता श्रेष्ठले बताए । बाँकी सदस्यहरुले शुक्रबार धारणा राखेपछि अध्यक्ष माधव नेपालले बैठक समापन गर्ने तयारी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप