एकीकृत समाजवादीका ५० जना नेताको अंगदानका लागि स्वीकृति
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका ५० जना नेताले मरणोपरान्त अंगदान गर्न स्वीकृति दिएका छन् ।
सो पार्टीको ७० औँ सचिवालय बैठकले मरणोपरान्त अंगदान गर्न अभियानकै रुपमा अघि बढाउने निर्णय गरेको थियो । सोही अनुसार बिहीबार सम्म ५० जना नेताले अंगदानका लागि आवश्यक फर्म भरेर स्वीकृति दिएका हुन् ।
एकीकृत समाजवादीको जारी केन्द्रीय समिति बैठकमा सहभागी नेताहरुले अंगदानका लागि स्वीकृति दिएको सो पार्टीका केन्द्रीय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । त्यसका लागि बिहीबार बैठक स्थलमै सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका प्रमुख डा. पुकार श्रेष्ठ नेतृत्वको टोलीले सचिवालय सदस्य लगायतका नेताहरुको फर्म भरेको छ ।
‘मानिसहरुले सहज रुपमा अंग दान गर्न पाउनुपर्छ भन्ने मान्यता अनुसार हामीले पार्टीभित्र अंगदानका लागि अभियानकै रुपमा चलाउने घोषणा गरेका छौ । सोही अनुसार ५० जना नेताहरुले स्वीकृति दिइसक्नु भएको छ ’, नेता श्रेष्ठको भनाइ । कलेजो, किडनी लगायतका समस्याबाट मानिसहरु पीडित भएर मृत्युवरण समेत गर्नुपरेको अवस्थालाई ध्यानमा राखेर कोही पनि मानिस अंग नपाएर नमरोस् भनेर यस्तो अभियान चलाएको एकीकृत समाजवादीको भनाइ छ ।
८० जनाले राखे धारणा
यसैबीच बुधबारबाट सुरु भएको एकीकृत समाजवादीको बैठकमा बिहीबारसम्म ८० जनाले विधान संशोधन प्रस्तावमाथि धारणा राखेका छन् । करिब ३ सय केन्द्रीय सदस्य रहेको सो पार्टीमा धेरैजसोले लिखित नै धारणा राखेको नेता श्रेष्ठले बताए । बाँकी सदस्यहरुले शुक्रबार धारणा राखेपछि अध्यक्ष माधव नेपालले बैठक समापन गर्ने तयारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण