बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

इङ्लिस प्रिमियर लिगः टोटनह्यममाथि ब्राइटनको शानदार जित

शुक्रबार, १३ पुस २०८०, ०८ : ३९
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले टोटनह्यम हटस्परमाथि शानदार जित निकालेको छ ।  बिहीबार राति सम्पन्न खेलमा ब्राइटनले टोटनह्यम हटस्परलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

ब्राइटनको जितमा जाओ पेड्रोले २ गोल पेनाल्टीमा गर्दा ज्याक हेन्सलवुड र प्रेभिस जोसुले एक एक गोल थपेका थिए । टोटनह्यामका लागि एलेजो वेलिज र बेन्जामिन डाभिसले एक एक गोल फर्काए ।

घरेलु मैदानमा ब्राइटनल ११ औँ मिनेटमा अग्रता लिएको थियो । पेड्रोको पासमा हेन्सलुवडले गोल गरका थिए ।२३ औँ मिनेटमा पेड्रोले पेनाल्टीमा गोल गरेका थिए । डीबक्स भित्र ह्यान्ड भएपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गरेपछि ब्राइटन २–० ले अघि बढेको थियो ।

६३ औँ मिनेटमा ब्राइटनले गोल गर्दै खेल ३–०मा पु¥याएको थियो । उसका लागि प्रेभिस जोसुले जेम्स मिल्नरको पासमा गोल गरेका थिए ।

७५ औँ मिनेटमा फेरि पेनाल्टीमा पेड्रोले गोल गर्न सफल भए । उनले पेनाल्टीमै लगातार २ गोल गर्दा ब्राइटन ४–० को सहज अवस्थामा पुगेको थियो ।

८१ औँ मिनेटमा टोटनह्यामका लागि एलेजो बेलिजले सन हिउङ मिनको पासमा गोल गर्दै अग्रता ४–१ मा झारे । ८५ औँ मिनेटमा पेड्र पोरोरोको पासमा डाभिसले गोल गर्दै ४–२ मा ल्याए पनि जितका लागि पर्याप्त भएन ।

 

जितसँगै ब्राइटन ३० अङ्क बनाएर तालिकाको आठौैं स्थानमा उक्लँदा टोटनह्याम भने ३६ अंकका साथ पाँचौं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप