इङ्लिस प्रिमियर लिगः टोटनह्यममाथि ब्राइटनको शानदार जित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले टोटनह्यम हटस्परमाथि शानदार जित निकालेको छ । बिहीबार राति सम्पन्न खेलमा ब्राइटनले टोटनह्यम हटस्परलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।
ब्राइटनको जितमा जाओ पेड्रोले २ गोल पेनाल्टीमा गर्दा ज्याक हेन्सलवुड र प्रेभिस जोसुले एक एक गोल थपेका थिए । टोटनह्यामका लागि एलेजो वेलिज र बेन्जामिन डाभिसले एक एक गोल फर्काए ।
घरेलु मैदानमा ब्राइटनल ११ औँ मिनेटमा अग्रता लिएको थियो । पेड्रोको पासमा हेन्सलुवडले गोल गरका थिए ।२३ औँ मिनेटमा पेड्रोले पेनाल्टीमा गोल गरेका थिए । डीबक्स भित्र ह्यान्ड भएपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गरेपछि ब्राइटन २–० ले अघि बढेको थियो ।
६३ औँ मिनेटमा ब्राइटनले गोल गर्दै खेल ३–०मा पु¥याएको थियो । उसका लागि प्रेभिस जोसुले जेम्स मिल्नरको पासमा गोल गरेका थिए ।
७५ औँ मिनेटमा फेरि पेनाल्टीमा पेड्रोले गोल गर्न सफल भए । उनले पेनाल्टीमै लगातार २ गोल गर्दा ब्राइटन ४–० को सहज अवस्थामा पुगेको थियो ।
८१ औँ मिनेटमा टोटनह्यामका लागि एलेजो बेलिजले सन हिउङ मिनको पासमा गोल गर्दै अग्रता ४–१ मा झारे । ८५ औँ मिनेटमा पेड्र पोरोरोको पासमा डाभिसले गोल गर्दै ४–२ मा ल्याए पनि जितका लागि पर्याप्त भएन ।
जितसँगै ब्राइटन ३० अङ्क बनाएर तालिकाको आठौैं स्थानमा उक्लँदा टोटनह्याम भने ३६ अंकका साथ पाँचौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण