सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
शैक्षिक योग्यता प्रकरण

गभर्नरविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

शुक्रबार, १३ पुस २०८०, १४ : ४३
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले प्रतिवादीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेकाले नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । अधिवक्ताहरु दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले गभर्नर अधिकारीको शैक्षिक योग्यता स्नातकमात्रै रहेको भन्दै नियुक्ति बदरको मागसहित बिहीबार रिट दर्ता गराएका थिए ।

सोही रिटमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश माथेमाको इजलासले कारण देखाउ आदेश जारी गरेको हो । इजलासले विपक्षीलाई लिखित जवाफ पेस गर्न आदेशसमेत दिएको छ । यद्यपि यस सम्बन्धमा इजलासले अन्तरिम आदेश भने जारी गरेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप