सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

च्याटजीपीटीको प्रतिस्पर्धी एर्नी बोटमा १० करोडभन्दा बढी प्रयोगकर्ता

शुक्रबार, १३ पुस २०८०, १७ : ३७
शुक्रबार, १३ पुस २०८०

बेजिङ । चिनियाँ प्रविधि कम्पनी बाइडुको च्याटजीपीटी जस्तै एआई बोट एर्नीमा प्रयोगकर्ताको संख्या १० करोड नाघेको छ । प्रयोगकर्ताको संख्या सक्रिय हो कि होइन भनेर कम्पनीले खुलाएको छैन । न त आकडा मासिक हो वा वार्षिक भनेर नै खुलाइएको छ । 

माइक्रोसफ्ट समिर्थत च्याट जीपीटीमा नोभेम्बरमा नै सक्रिय प्रयोगकर्ता संख्या १० करोड नाघेको थियो । च्याटबोट आधिकारिक रुपमा चीनमा उपलब्ध छैन । तर यसलाई चिनियाँ भाषामा प्रयोग गर्न भने सकिन्छ । एर्नीलाई पनि अंग्रेजी भाषामा प्रयोग गर्न सकिन्छ । तर यसको मुख्य भाषा चाँहि चिनियाँ हो । प्रयोगकर्ताले आफ्नो नाम दर्ता गराउन चिनियाँ मोबाइल नम्बर चाहिन्छ । 

मन्दारिन चाइनिजमा यो एपको नाम वेनसिनयियान हो । बाइडुले मार्चमा आफ्नो च्याटबोट रिलिज गरेको थियो । तर अगष्टको अन्त्यतिर मात्रै यसलाई बेच्ने अनुमति पायो । शर्ट भिडियो शेयरिङ एप टिकटकको मातृ कम्पनी बाइटडान्सले पनि दोउबाओ नामक च्याटबोट निकालेको छ । 

शुक्रबार बिहान एप्पलको एप स्टोरमा यो एप भने दोस्रो स्थानमा थियो । पछिल्लो समय टेन्सेन्ट र अलिबाबा दुबैले व्यवसायिक साझेदारका लागि एआई प्रडक्टमा बढी ध्यान दिइरहेका छन् । तर दुबैले सर्वसाधारणको प्रयोगका लागि च्याटबोट ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप