च्याटजीपीटीको प्रतिस्पर्धी एर्नी बोटमा १० करोडभन्दा बढी प्रयोगकर्ता
बेजिङ । चिनियाँ प्रविधि कम्पनी बाइडुको च्याटजीपीटी जस्तै एआई बोट एर्नीमा प्रयोगकर्ताको संख्या १० करोड नाघेको छ । प्रयोगकर्ताको संख्या सक्रिय हो कि होइन भनेर कम्पनीले खुलाएको छैन । न त आकडा मासिक हो वा वार्षिक भनेर नै खुलाइएको छ ।
माइक्रोसफ्ट समिर्थत च्याट जीपीटीमा नोभेम्बरमा नै सक्रिय प्रयोगकर्ता संख्या १० करोड नाघेको थियो । च्याटबोट आधिकारिक रुपमा चीनमा उपलब्ध छैन । तर यसलाई चिनियाँ भाषामा प्रयोग गर्न भने सकिन्छ । एर्नीलाई पनि अंग्रेजी भाषामा प्रयोग गर्न सकिन्छ । तर यसको मुख्य भाषा चाँहि चिनियाँ हो । प्रयोगकर्ताले आफ्नो नाम दर्ता गराउन चिनियाँ मोबाइल नम्बर चाहिन्छ ।
मन्दारिन चाइनिजमा यो एपको नाम वेनसिनयियान हो । बाइडुले मार्चमा आफ्नो च्याटबोट रिलिज गरेको थियो । तर अगष्टको अन्त्यतिर मात्रै यसलाई बेच्ने अनुमति पायो । शर्ट भिडियो शेयरिङ एप टिकटकको मातृ कम्पनी बाइटडान्सले पनि दोउबाओ नामक च्याटबोट निकालेको छ ।
शुक्रबार बिहान एप्पलको एप स्टोरमा यो एप भने दोस्रो स्थानमा थियो । पछिल्लो समय टेन्सेन्ट र अलिबाबा दुबैले व्यवसायिक साझेदारका लागि एआई प्रडक्टमा बढी ध्यान दिइरहेका छन् । तर दुबैले सर्वसाधारणको प्रयोगका लागि च्याटबोट ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व एआइ सम्मेलन २०२६ चीनमा हुने
-
निगमलाई उकास्न उपयुक्त मोडलको खोजी भइरहेको छ : मन्त्री पौडेल
-
साउन अन्तिममा नेपाल फर्केलान् देउवा दम्पती ?
-
वीरगन्ज चिनी कारखाना र जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालनयोग्य बनाउन रुस तयार
-
हालान्डका लागि कुनै मञ्च ठूलो छैन
-
इरानले पुनः स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशङ्का छ : प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण