ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सवका अवसरमा क्यूआर पेमेन्टमा १७ प्रतिशत छुट
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत गरिने कारोबारहरूमा १७ प्रतिशतसम्म छुट तथा १,००० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।
बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई यही पौष १६ गतेदेखि माघ १७ गतेसम्मका लागि बैंकको भिसा डेबिट र क्रेडिट कार्ड तथा एससीटी कार्डबाट योजना अवधिभर पीओएस मेसिनमार्फत गरिने १० वटाभन्दा बढी कारोबारमा २०,००० रुपैयाँभन्दा माथिको कारोबार रकममा १,००० रुपैयाँको क्यासब्याक उपलब्ध गराउने छ ।
यसका साथै, वार्षिकोत्सवकै अवसर आफ्ना ग्राहकहरुलाई थप छुट प्रदान गर्ने उद्देश्यका साथ बैंकका नयाँ खाता खोली ग्लोबल स्मार्ट प्लस प्रयोग गर्ने ग्राहकहरुले एस.एम.एसमा प्राप्त प्रोमो कोड प्रयोग गरी पहिलो पटकको क्यूआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम १७० रुपैयाँ सम्मको छुट प्रदान गर्नेे योजना सार्वजनिक गरेको छ ।
यो क्यासब्याक योजना पौष १७ गते देखि २३ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रिटिश प्रोफेशनल कलेजमा युनिभर्सिटी अफ लन्डनको बीएससी र एमएससी कार्यक्रम सुरु
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण