नेपाल सुपर लिगको फाइनल खेल आज, उपाधिका लागि धनगढी र ललितपुर भिड्दै
शनिबार, १४ पुस २०८०, ०६ : ०८
काठमाडौँ । नेपाल सुपर लिगको उपाधिका लागि आज धनगढी एफसी र ललितपुर सिटी एफसीबिच प्रतिस्पर्धा हुने भएको छ । खेल दशरथ रंगशालामा साँझ साँढे ५ बजे सुरु हुनेछ ।
धनगढी एफसी लिग चरणमा दोस्रो हुँदै पहिलो क्वालिफायरमा पुगेको थियो । पहिलो क्वालिफायरमा उसले पोखरा थन्डर्स एफसीमाथि पेनाल्टीमा सनसनीपूर्ण जित हात पारेको थियो ।
ललितपुर एफसीले इलिमिनेटरमा काठमाडौँ रेजर्स एफसीलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । दोस्रो क्वालिफायरमा उसले पनि पोखरा थन्डर्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
उपाधि जित्ने टोलीले ७० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको उपविजेता टोलीले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण