शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सानो भेरीको किनारमा अचेत अवस्थामा भेटिएका दुई मध्ये एक बालकको मृत्यु

शनिबार, १४ पुस २०८०, ०८ : ४८
शनिबार, १४ पुस २०८०

सुर्खेत । सानो भेरी नदी किनारमा भेटिएका दुई जना (एक बालक, एक किशोर) मध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ पिपल भन्ने ठाउँमा १३ वर्षीय सुभाष विक रहेका छन् ।

सोही ठाउँका १८ वर्षीय डिलु विक र सुभाषलाई प्रहरीले बाँफिकोट गाउँपालिका–४ छिनखेत स्थित सानोभरी नदीको किनारमा अचेत अवस्थामा फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार स्थानीयले जानकारी गराएपश्चात् प्रहरी सहायक निरीक्षक गणेश शर्माको कमान्डमा चार जनाको प्रहरी टोली त्यहाँ पुगेको थियो । उनीहरूलाई उद्धार गरेर बाँफिकोट गाउँपालिकाको एम्बुलेन्सबाट जिल्ला अस्पतालमा पठाइएको थियो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता धर्मेन्द्र खड्काका अनुसार सुभाषको उपचारका क्रममा मृत्यु भएको छ । चिसोका कारण कठ्याङ्ग्रिएर उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । डिलुलाई उपचार पश्चात् जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप