सानो भेरीको किनारमा अचेत अवस्थामा भेटिएका दुई मध्ये एक बालकको मृत्यु
सुर्खेत । सानो भेरी नदी किनारमा भेटिएका दुई जना (एक बालक, एक किशोर) मध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ पिपल भन्ने ठाउँमा १३ वर्षीय सुभाष विक रहेका छन् ।
सोही ठाउँका १८ वर्षीय डिलु विक र सुभाषलाई प्रहरीले बाँफिकोट गाउँपालिका–४ छिनखेत स्थित सानोभरी नदीको किनारमा अचेत अवस्थामा फेला पारेको थियो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार स्थानीयले जानकारी गराएपश्चात् प्रहरी सहायक निरीक्षक गणेश शर्माको कमान्डमा चार जनाको प्रहरी टोली त्यहाँ पुगेको थियो । उनीहरूलाई उद्धार गरेर बाँफिकोट गाउँपालिकाको एम्बुलेन्सबाट जिल्ला अस्पतालमा पठाइएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता धर्मेन्द्र खड्काका अनुसार सुभाषको उपचारका क्रममा मृत्यु भएको छ । चिसोका कारण कठ्याङ्ग्रिएर उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । डिलुलाई उपचार पश्चात् जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण