सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

चीनका भूकम्प प्रभावित क्षेत्रमा पुनः पठनपाठन सुरु

शनिबार, १४ पुस २०८०, १८ : ०४
शनिबार, १४ पुस २०८०

चीन । भूकम्पबाट प्रभावित उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिशिसानस्थित बोनान–डोङ्सिआङ–सलार काउन्टीमा पुनः पठनपाठन सुरु गरिएको छ । भूकम्प प्रभावित साठी हजारभन्दा बढी  बिद्यार्थीको लागि कक्षा पुनः पठनपाठन सुरु भएको प्रान्तीय शिक्षा विभागले शनिबार जनाएको छ । 

शुक्रबारसम्म भूकम्पपछि  विद्यालय भवन भत्किएका तर वसन्त सेमेस्टरका लागि भर्ना भएका सबै विद्यार्थीका लागि अस्थाई टहरा बनाई कक्षा सञ्चालनमा ल्याइएको छ । यसका लागि एक हजार १६५ घर–टहरा निर्माण गरिएको विभागले जनाएको छ । 

काउन्टीका उच्च माविहरूले यसअघि नै डिसेम्बर २२ देखि अनलाइन कक्षाहरू सुरु गरेका थिए । यसैगरी माध्यमिक र प्राथमिक विद्यालयहरूले बिस्तारै सोमबारदेखि अनलाइन वा अफलाइन कक्षाहरू सुरु गरेका छन् ।

भूकम्पले क्षतिग्रस्त विद्यालय भवनको मर्मत तथा सुदृढीकरणको काम भइरहेको छ ।

गत हप्ता ६.२ म्याग्निच्युडको भूकम्पले लिनक्सिया हुई स्वायत्त प्रान्तको जिशिशानको बोनान–डोङगक्सियाङग–सलार काउन्टीमा व्यापक धनजनको क्षति हुनेगरी धक्का दिएको थियो । भूकम्पका कारण दर्जनौँ मानिसले ज्यान गुमाएका थिए भने सयौँको सङ्ख्यामा भौतिक संरचनाहरू भत्किएर क्षतिग्रस्त अवस्थामा छन् ।-(रासस/सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप