चीनका भूकम्प प्रभावित क्षेत्रमा पुनः पठनपाठन सुरु
चीन । भूकम्पबाट प्रभावित उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिशिसानस्थित बोनान–डोङ्सिआङ–सलार काउन्टीमा पुनः पठनपाठन सुरु गरिएको छ । भूकम्प प्रभावित साठी हजारभन्दा बढी बिद्यार्थीको लागि कक्षा पुनः पठनपाठन सुरु भएको प्रान्तीय शिक्षा विभागले शनिबार जनाएको छ ।
शुक्रबारसम्म भूकम्पपछि विद्यालय भवन भत्किएका तर वसन्त सेमेस्टरका लागि भर्ना भएका सबै विद्यार्थीका लागि अस्थाई टहरा बनाई कक्षा सञ्चालनमा ल्याइएको छ । यसका लागि एक हजार १६५ घर–टहरा निर्माण गरिएको विभागले जनाएको छ ।
काउन्टीका उच्च माविहरूले यसअघि नै डिसेम्बर २२ देखि अनलाइन कक्षाहरू सुरु गरेका थिए । यसैगरी माध्यमिक र प्राथमिक विद्यालयहरूले बिस्तारै सोमबारदेखि अनलाइन वा अफलाइन कक्षाहरू सुरु गरेका छन् ।
भूकम्पले क्षतिग्रस्त विद्यालय भवनको मर्मत तथा सुदृढीकरणको काम भइरहेको छ ।
गत हप्ता ६.२ म्याग्निच्युडको भूकम्पले लिनक्सिया हुई स्वायत्त प्रान्तको जिशिशानको बोनान–डोङगक्सियाङग–सलार काउन्टीमा व्यापक धनजनको क्षति हुनेगरी धक्का दिएको थियो । भूकम्पका कारण दर्जनौँ मानिसले ज्यान गुमाएका थिए भने सयौँको सङ्ख्यामा भौतिक संरचनाहरू भत्किएर क्षतिग्रस्त अवस्थामा छन् ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण