कांग्रेस मधेस प्रदेशले पठायो राष्ट्रियसभा उम्मेदवारको सिफारिस, पहिलो नम्बरमा आनन्द ढुंगाना
धनुषा । नेपाली कांग्रेस मधेशले राष्ट्रियसभाको सदस्यको उम्मेदवारका लागि नेताहरुको नाम केन्द्रीय कार्यालयलाई पठाएको छ छ । पार्टी मधेस प्रदेश कार्यालय जनकपुरधाममा शनिबार बसेको प्रदेश कार्यसमिति बैठकले सात जनाको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरी पठाउने निर्णय भएका हो ।
कांग्रेस मधेस प्रदेशले पार्टीका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ । यस्तै केन्द्रीय सहमहामन्त्री फरमुल्लाह मंसुरको नाम दोस्रो नम्बरमा सिफारिस गरिएको छ । गत आम निर्वाचनमा ढुंगाना र मन्सुरको नाम प्रतिनिधिसभा समानुपातिक सूचीमा पनि थियो ।
समानुपातिक सूचीबाट नाम फिर्ता लिएर उनीहरु राष्ट्रियसभा सदस्य ताकिरेका छन् । यस्तै नेताहरु नागेन्द्र कुमार, राधेचन्द्र यादव, रामचन्द्र तिवारी, रजिन्द्रबहादुर अमात्य र हृदयनारायण यादव लगायतको नाम सिफारिस गरेर पठाइएको प्रचार प्रसार प्रमुख नितेश गुप्ताले बताए ।
जिल्लाहरुबाट सिफारिस भएर आएको नामावली र आफै मधेश कार्यालयमा उपस्थित भइ दर्ता गराइएको नामावलीमाथि विचार गर्दै वरिष्ठता, समावेशिता, योग्यदानको मूल्याँकन गरी नाम सिफारिस गरे पठाइएको उनले बताए ।
शनिबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रिय सभाको उम्मेदवार कस्तो व्यक्तिलाई छनोट गर्ने भन्ने एउटा निश्चित मापदण्ड तोकेको छ ।
अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेपनि पटक पटक छुटेका व्यक्ति, समुदाय र भुगोललाई समेट्ने गरी प्राथमिकता दिने कांग्रेसको निर्णय छ । आगामी माघ ११ मा राष्ट्रियसभाका १९ सिटमा निर्वाचन हुँदैछ ।त्यसका लागि पुस २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण