खेल चलिरहँदा टेनिस कोर्टमा विषालु सर्प देखिएपछि ...
काठमाडौँ । ब्रिसबेन इन्टरनेशनल टेनिस प्रतियोगिताको छनोट खेलमा शनिबार राति दुई प्रभावशाली अस्ट्रेलियन खेलाडी डोमिनिक थिम र जेम्स म्याककेबबिच भिडन्त हुँदै थियो । खेल चरिरहेको बेला अचानक टेनिस कोर्टमा अत्यन्तै विषालु सर्प देखा पर्यो ।
टेनिस कोर्टनजिकैको बिजुलीको तारमा विषालु सर्प देखिएपछि हल्लीखल्ली मच्चिन पुग्यो । तत्कालै अम्पायरले खेल स्थगित गरिएको जानकारी गराए । सर्पलाई धपाउने प्रयास गरियो । तर, सर्प त्यहाँबाट टसमस भएन ।
त्यसपछि सर्प समात्नका लागि वन्यजन्तु कार्यालयका कर्मचारीलाई सम्पर्क गरियो । लामो समयपछि वन्यजन्तु कार्यालयका कर्मचारी आएर सर्प समातेर लगे । सर्पका कारण करिब ४० मिनेट खेल प्रभावित हुन पुग्यो ।
वन्यजन्तु कार्यालयका कर्मचारीले सर्पको उद्धार गरेपछि खेल पुनः सुरु भयो । अन्ततः त्यो छनोट खेलमा डोमिनिक थिमले जेम्सलाई हराए । ‘म जनावरलाई निकै मायाँ गर्छु । ‘तर, यो सर्प भने निकै विषालु थियो रे । सर्प बल संकलन गर्न उभिएका केटाकेटीहरुको अत्यन्तै नजिक थियो । वास्तबमै त्यो खतरनाक परिस्थिति थियो’ खेलपछि थिमले भने ।
यस्तो घटना आफूले जीवनमा कहिल्यै नभोगेको पनि उनले बताए । ‘म यो क्षण कहिल्यै भुल्न सक्दिन,’ उनले भनेका छन् । उक्त छनोट खेलमा उत्कृष्ट पुनरागमन गर्दै थिम २–६, ७–६ (७–४), ६–४ अंकले विजयी भएका थिए । जितसँगै उनी छनोट प्रतियोगिताको अघिल्लो चरणमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाे बढाउँदै चलचित्र ‘गौँथली’
-
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००
-
युवालाई प्रविधिसँग जोड्दै सामसङ, कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न
-
रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भत्र्सना
-
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु
-
मुकबाङ भिडियोका लागि ३ वर्षीया छोरीको तौल ३५ केजी पुर्याएपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण