शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसले फेरि थप्यो भ्रातृ संस्थाको ६ महिना म्याद

आइतबार, १५ पुस २०८०, १४ : ०८
आइतबार, १५ पुस २०८०

काठमाडौँ । नेपाली कांग्रेसले भ्रातृ संस्थाको तदर्थ समितिलाई फेरि ६ महिना समय अवधि थप गरेको छ । पुस १२ देखि १४ सम्म बसेको केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाको तदर्थ समितिको अवधि ६ महिना थपिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी गराए ।

उनका अनुसार नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान संघ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लगायतको म्याद पुन थपिएको हो ।   

‘अधिवेशनका लागि तदर्थ समिति बनाइयो । यो बीचमा अधिवेशन हुन सकेन । हामीले अहिले अन्तिम पटकका लागि ६ महिनाको समय थपिएको छ । यो ६ महिनामा पनि अधिवेशन भएन भने तदर्थ समिति भंग गरेर नयाँ ल्याउँछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप