शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

राष्ट्रियसभा सदस्य भागबन्डाका लागि बालुवाटारमा सत्ता गठबन्धनको बैठक

आइतबार, १५ पुस २०८०, १५ : ०९
आइतबार, १५ पुस २०८०

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचन र सिट बाँडफाँडबारे छलफल गर्न बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । केही बेरअघिबाट सुरु भएको बैठकमा राष्ट्रियसभा सदस्यका लागि कुन दलबाट कति उम्मेदवार उठाउने भन्ने बारेमा छलफल हुने नेताहरूले बताएका छन् ।

साथै समसामयिक राजनीतिक घटनाक्रम बारेमा समेत छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित  कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत नेताहरू सहभागी छन् ।

आगामी पुस २३ गते राष्ट्रियसभा सदस्य उम्मेदवारको उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप