कांग्रेसकाे निर्णयमा परराष्ट्रमन्त्री साउदको प्रशंसा

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठककाे निर्णयमा परराष्ट्र मन्त्री एनपी साउदको प्रशंसा गरिएको छ । नेपाली ध्वजाबाहक विमान लिएर आफैँ युद्धग्रस्त मुलुक इजरायलको भूमिमा पुगेर सफलताका साथ नेपालीको उद्धार गरेको भन्दै प्रशंसा गरिएको हो ।
पुस १२ देखि १४ गतेसम्म बसेको बैठकले निर्णयहरू सार्वजनिक गर्न आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनपछि प्रेस विज्ञप्तिमा परराष्ट्र मन्त्री साउदको इजरायली भूमिका पुगेर सफलताका साथ उद्धार गर्ने साहसिक कार्यले नेपाली जनतामा गौरव महसुस गराएको पनि उल्लेख छ ।
‘हमास इजरायल युद्धमा हमासको आक्रमणमा परि ज्यान गुमाएका नेपाली नागरिकको शव स्वदेश ल्याउने तथा विपतमा परेका सयौं नेपाली विद्यार्थीहरूको उद्धारका लागि नेपालका परराष्ट्र मन्त्री नेपाली ध्वजावाहक विमान लिएर आफैँ युद्धग्रस्त मुलुकको भूमिमा पुगेर सफलताका साथ उद्धार गर्ने साहसिक कार्यले नेपाली जनतामा गौरव महसुस गराएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय जगतमा नेपालको साख वृद्धि भएको छ।’
कांग्रेसले पार्टीका तर्फबाट साउदले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नेपालको परराष्ट्र सम्बन्धमा उल्लेख्य प्रगति भएको पनि जनाएको छ। संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण सम्पन्न हुनु र नेपाली कामदार भएका मुलुकमा नेपाली राजदूतावास खोल्ने कार्य आफैँमा प्रशंसनीय कार्य भएको कांग्रेसको ठहर छ।
कांग्रेसले इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइ गर्न र रुस–युक्रेन युद्धमा रुसी सेनामा भर्ना भई युद्धकै क्रममा निधन भएका नेपाली नागरिकको शव खोजी गरी स्वदेश ल्याउने विषयमा थप कूटनैतिक पहल गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूको बैठक
-
अख्तियारको सेलेक्टिभ न्याय : ‘ठुला माछा’ फसेको काण्डमा यसरी उम्किए रामदेव र बालकृष्ण
-
डोटीमा बोलेरो जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
-
सङ्कटमा थाई प्रधानमन्त्रीको कुर्सी, के हो विवाद ?
-
कांग्रेस–एमालेबिचको एक वर्ष पुरानो ७ बुँदे सहमति : ओलीको शासन भयो, काम भएन
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने