बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
बालकुमारी घटना

राज्य व्यवस्था समितिमा आईजीपी कुँवरको जवाफ : बल प्रयोग नगरेको भए थप घटना हुन सक्थ्यो

‘कति बेला गोली चल्यो भन्ने कुरा छानबिनबाट आउला’
सोमबार, १६ पुस २०८०, १० : ०४
सोमबार, १६ पुस २०८०

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले बालकुमारीमा प्रहरीले बल प्रयोग नगरेको अवस्थामा थप गम्भीर घटना निम्तन सक्ने बताएका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा जवाफ दिँदै उनले घटनास्थलको अवस्थाको बारेमा मन्त्रीको पीएसओले समेत समन्वय नगरेको बताए । 

उनले जवाफ दिए अनुसार घटना भएको दिन ११ः५४ मा नेपाली सेनाको पीएसओले मन्त्रीलाई सुरक्षित स्थानमा लगेको बताए। उनले भने,‘ युवाहरू अराजक रूपमा प्रदर्शनमा थिए । मन्त्रीको गाडीको टायर खोले । १२ः२० मा मन्त्रीको गाडी आगो लगाइदिए । कति बेर गोली चल्यो भन्ने कुरा छानबिनबाट आउँला ।’ उनले प्रहरी घटनास्थलमा पुग्नु अघि नै मन्त्रीको गाडी जलिसकेको बताए । कुँवरका अनुसार प्रहरी तर्फ आठ जना घाइते भएका छन् । बागमती यातायातको एउटा बस तोडफोड भएको, बीएण्डबीमा रहेको सीसीटीभी टोडफोड भएको र १३ वटा प्रहरीको सिल तोडफोड भएको जानकारी बैठकमा कुँवरले दिए ।

उनले भने,‘ विषम परिस्थितमा बल प्रयोग भएको हो । प्रहरीले अलिकति धैर्यता गुमाएको अवस्था हो । फिल्डमा खटिएका प्रहरीले घटनास्थलको आङ्कलन गरेर अगाडी बढ्छ । मन्त्रीको गाडी जलाउन लाग्यो भनेपछि अलिकति प्रहरीको आवेश देखिन्छ ।’

उनले प्रदर्शन कुनै पनि नेतृत्वमा नभएका कारण सोचेभन्दा फरक अवस्था रहेको बताए । ‘ यस्तो अवस्थामा त्यति बल प्रयोग नगरेको भए अरू घटना हुन सक्थ्यो,’ कुँवरले भने,‘ प्रहरी संगठनका सबैले नेपालको संविधान, नागरिक प्रतिको जबाफदेहिता, मानव अधिकारको सम्मान गर्दै कमभन्दा कम बल प्रयोग गरेर अगाडी बढिरहेको छ ।’ 

कुँवरले प्रहरीलाई स्रोतसाधन सम्पन्न गराउनेतर्फ सरकार संवेदनशील हुनुपर्ने बताए । उनले भने,‘ हामीसँग स्रोत साधन छैन । बुलेट प्रुफ ज्याकेट, अश्रुग्याँस र बड सिल माग्न पटक पटक गृह मन्त्रालयमा पत्राचार गरेका छौँ । तर, आउँदैन ।’ उनका अनुसार यसअघिका ठुला प्रदर्शनमा पनि सिल बडी प्रोटेक्टर बुटवल, गण्डकी तालिम केन्द्रबाट ल्याउनुपरेको थियो । उनले प्रहरीलाई स्रोतसाधन सम्पन्न बनाउने कुरामा सबै पक्ष सचेत हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप