गृहमन्त्रीलाई सांसदको सुझाव : अब तपाईं तत्काल राजीनामा दिनुस्
काठमाडौँ । सांसद राजेन्द्र राईले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् । बालकुमारी घटनाबारे राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले मन्त्री श्रेष्ठलाई यस्तो सुझाव दिएका हुन् ।
‘मेरो भिन्न कुरा छ । यो घटना के घट्यो कसरी घट्यो भन्ने दुनियाँले देख्यो । समिति पनि बनाउनुभयो । तपाईं राजीनामा दिनुस् । छानबिन र तलका मानिसलाई कारबाही पनि गरियो । तपाई शालीन व्यक्ति, अव तपाई राजीनामा दिनुस्’, सांसद राईले भने, ‘सबैभन्दा राम्रो कुरा तपाई दिनुस्, दिनैपर्यो ।’ उनले युवाले विदेश गएर काम गर्छु भन्दा ताकी ताकी गोली हानेर मार्नुहुन्छ भने तपाईंले राजीनामा नदिएर कसले दिन्छ भन्दै प्रश्न गरे ।
उनले तोडमोड गरेर कुरा राख्न नमिल्ने भन्दै समस्या सिर्जना भएपछि समाधान गर्ने कि ठाउँका ठाउँ गोली हान्ने भन्दै सरकारलाई प्रश्न गरे । ‘ठाउँका ठाउँ गोली हानेर मार्न कहाँ मिल्छ । तपाईंले मुलुक चलाउन सक्नुभएन । सबैतिर असन्तुष्टि छ । के भएर यो भयो ? तपाईंले सुशासन दिएर हो त ? ’ सांसद राईको प्रश्न छ ।
मन्त्री श्रेष्ठले तत्काल राजीनामा दिएपछि समस्या समाधान हुने भन्दै उनले प्रहरीको कार्यशैलीमाथि समेत प्रश्न उठाए । उनले प्रहरीले साधन स्रोत छैन भनेर पन्छिन नमिल्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण