प्रहरी हवल्दार मृत फेला
सोमबार, १६ पुस २०८०, १२ : ४०
संखुवासभा । संखुवासभा जिल्ला कारागारमा ड्यूटीमा रहेका प्रहरी हवल्दार डिकबहादुर तामाङ मृत फेला परेका छन् । तामाङले गएराती १० बजेदेखि बिहान २ बजेसम्म ड्यूटी गरेका थिए ।
ड्युटी सकेर सुत्न पुगेका उनी ड्रेसमै सुतेको पाइएको छ । ‘उहाँले १० बजेदेखि २ बजेसम्मको ड्यूटी गर्नुभएको हो । ड्रेस नफुकाली सुत्नु भएको रहेछ । बिहान पौने पाँच बजे आसपासमा बेहोस अवस्थामा फेला पारेका थियौं,’ संखुवासभाका प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले भने, ‘त्यसपछि अस्पताल पुर्याए पनि उहाँलाई बचाउन सकिएन ।’
४१ वर्षीय तामाङको घर इलाम रहेको श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण