गृहमन्त्रीलाई गगनको आग्रह : माइतीघरको निषेधित क्षेत्र तत्काल हटाउनुस्
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माइतीघरको निषेधित क्षेत्र तत्काल हटाउन माग गरेका छन् । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा महामन्त्री थापाले माइतीघर मण्डलमा मानिसहरूले आफ्नो कुरा राख्ने, सरकार र ससदलाई सुनाउने ठाउँ भएको बताए ।
‘गृहमन्त्रीज्यूलाई मेरो आग्रह छ– माइतीघरको निषेधित क्षेत्र हटाइ दिनुस् । आज धोती दिवस भयो । त्यो पोलिटिकल स्टेटमेन्ट हो । केही साथीहरूले टोपी दिवस मनाउनुभएको छ । हामी पनि धोती दिवस मनाउँछौँ भनेर आउनुभयो । त्यो हामी सबैसँग अधिकार छ । माइतीघरमा देखाउँदा सरकारले सुन्छ भनेर आउनुभएको हो । त्यो हाम्रो ठाउँ हो । हिजो हामीले पनि त्यही गरेको हो । माइतीघरलाई निषेधित क्षेत्र बनाइसकेपछि अहिले त्यहाँ बल प्रयोग गर्नुर्यो । बल प्रयोगले घटना बढाउँछ ।’
धोती जुलुस भनेर पोलिटिकल स्टेटमेन्ट दिन खोज्दा सोमबार केही मानिस पक्राउ परेको उनको भनाइ छ । धोती जुलुस निकाल्दा जनमत पार्टीका अध्यक्ष सिके राउत लगायत ५० भन्दा धेरै पक्राउ परेका थिए ।
माइतीघरलाई निषेधित क्षेत्र बनाउनुको कुनै औचित्य नभएको उनको भनाइ छ । ‘तत्काल यसलाई खारेज गर्न अनुरोध गर्न चाहन्छु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण