सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

एक जोर कपडा किनिदिनुस् न काकु !

सोमबार, १६ पुस २०८०, १३ : ३४
सोमबार, १६ पुस २०८०

जसरी म ढलेँ
म यो सरकार ढलेको हेर्न चाहन्छु   
बाबिना त म टुहुरो थिइनँ 
तर मबिना आमा टुहुरी भइन् 
उनी रुँदै छिन् 
म उनको आँशु पुछ्न चाहन्छु  
म यो सरकार ढलेको हेर्न चाहन्छु ।

सधैँ किन हामी जस्तै लाचार 
कसले गरिदेला अब उनको उपचार 
सपनाको सहर हैन 
सत्ताको लहर रहेछ 
आफ्नै देशको माटो र पानी 
यहाँ जहर रहेछ ।

काका
अब एक जोर कपडा हैन 
कात्रो लिई आउनु 
दिदी 
तिहारको माला अब फोटोमै सजाउनु 
शरीर मौन छ 
तर आत्मा शान्त छैन 
पीडितको दौड छ 
तर पैसा न्याय हैन ।

शासक को हो ?
१० लाख मूल्य यहाँ कसले तोकिदियो ? 
प्रश्न कसलाई गरूँ ?
म जबाफ चाहन्छु
जसरी म ढलेँ 
म यो सरकार ढलेको हेर्न चाहन्छु  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सबिना लुइँटेल
सबिना लुइँटेल
लेखकबाट थप