एक जोर कपडा किनिदिनुस् न काकु !
सोमबार, १६ पुस २०८०, १३ : ३४
जसरी म ढलेँ
म यो सरकार ढलेको हेर्न चाहन्छु
बाबिना त म टुहुरो थिइनँ
तर मबिना आमा टुहुरी भइन्
उनी रुँदै छिन्
म उनको आँशु पुछ्न चाहन्छु
म यो सरकार ढलेको हेर्न चाहन्छु ।
सधैँ किन हामी जस्तै लाचार
कसले गरिदेला अब उनको उपचार
सपनाको सहर हैन
सत्ताको लहर रहेछ
आफ्नै देशको माटो र पानी
यहाँ जहर रहेछ ।
काका
अब एक जोर कपडा हैन
कात्रो लिई आउनु
दिदी
तिहारको माला अब फोटोमै सजाउनु
शरीर मौन छ
तर आत्मा शान्त छैन
पीडितको दौड छ
तर पैसा न्याय हैन ।
शासक को हो ?
१० लाख मूल्य यहाँ कसले तोकिदियो ?
प्रश्न कसलाई गरूँ ?
म जबाफ चाहन्छु
जसरी म ढलेँ
म यो सरकार ढलेको हेर्न चाहन्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण