सरकारी वेबसाइट अवरुद्ध, भएको के हो ?
काठमाडौँ । सोमबार सबैजसो सरकारी कार्यालयका वेबसाइट डाउन भएका छन् ।
'साइबल हमला'का कारण बिहानैदेखि सरकारी वेबसाइट डाउन भएको हो । गुगलमार्फत क्रोम र फायरफक्स लगायतबाट सरकारी वेबसाइट सर्च गर्दा ‘दिस साइट क्यान नट वि रिच’ वा ४०४ पृष्ठ फेला परेन लगायतका सन्देश देखिएको छ ।
आज बिहानैदेखि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय लगायत सिंहदरबारमा रहेका सबै कार्यालयको वेबसाइट डाउन भएसँगै राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्राविधिकहरू समस्या सुल्झाउन खटिएका छन् । सिंहदरबार बाहिर रहेका अन्य सरकारी कार्यालय, विभाग लगायतको समेत वेबसाइट डाउन भएको छ । ह्याकरहरूले विदेशबाट ठुलो सङ्ख्यामा ट्राफिक पठाएर अवरोध गरेको बताइएको छ ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वेबसाइट भने खुलिरहेको छ । यसबाहेक, अध्यागमन, अख्तियार लगायत सबैजसो सरकारी कार्यालयको वेबसाइट डाउन भएको छ । सरकारी वेबसाइट डाउन हुने प्रक्रिया नौलो भने होइन । यसअघि पनि पटक–पटक वेबसाइट डाउन हुँदा सेवाग्राहीले सास्ती बेहोर्ने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण