छुटेपछि जनमतका अध्यक्ष राउतले भने– प्रहरीले अरु राष्ट्रिय पार्टीका अध्यक्षलाई समातेर देखाओस् त !
काठमाडौँ । ‘धोती दिवस’ भन्दै निषेधित क्षेत्रमा ¥याली गरेपछि सरकारले धरपकड गर्दै पक्राउ गरेका ५२ जनालाई छाडेपछि जनमत पार्टीका अध्यक्ष सिके राउतले पत्रकार सम्मेलन गरेर असन्तुष्ट व्यक्त गरेका छन् । उनले नेपालको संविधानमा बुहभाषिक र बहुसांस्कृतिकको व्यवस्था गरेको अवस्थामा आफ्नो पार्टीले मनाउँदै आएको धोती दिवस मनाएको दावी गरे ।
‘जो–जसको जे –जे भेषभुसा हो लगाउन पाउनुपर्छ, एकल भेषभुषा नजाओस् भनेर हामीले धोती दिवस मनाएका हौँ,’ राउतले भने,‘ यो हाम्रो राजनीतिक कार्यक्रम र र्याली थिएन। हामी निषेधित क्षेत्रभन्दा पर आर्ट काउन्सिल अगाडी बसेका थियौं । ओर्लने वित्तिकै प्रहरीले धरपकड गर्न थाल्यो । यो दूर्भाग्यपूर्ण हो ।’

राउतले सरकारको बलमिच्याईको बारेमा संसदमा पनि कुरा उठाउने बताए । उनले भने,‘ सरकारले मन्त्री र सांसदलाई त पक्राउ गर्छ भने यो देशमा आम जनताका लागि के स्वतन्त्रता र न्याय होला ? यस घटनाले पुष्टि गर्दछ ।’
उनले रिहा गर्ने शर्तमै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफूहरुलाई रिहा गर्न पुलिस क्लब पुगेको बताए । उनले कुनै मन्त्रीले हचुवाको भरमा बोल्दा र भ्रष्टाचार गर्दा पनि पक्राउ नगर्ने सरकारले मधेशी भएकै कारण आफूहरुलाई पक्राउ गरेको आरोप लगाए ।
उनले प्रहरीलाई समेत व्यंग्य गर्दै भने, ‘प्रहरीको पनि मानसिकता कस्तो छ भने जतिखेर पनि समात्न पाए हुन्थ्यो भन्ने देखिन्छ। अरु राष्ट्रिय पार्टीका अध्यक्षलाई समातेर देखाओस् त । यो त मधेशी पार्टीको हो भनेर समातिहाल्ने ।’
उनले सरकारले दम्भ देखाएर आफूहरुलाई पक्राउ गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण