जाडोको पीडामा सुकुम्वासी बस्ती, ऋषिदेव समुदायको अवस्था दयनीय
विराटनगर । पूर्वी तराईमा केही दिन यता हल्का शीत पर्न थालेको छ । मध्य पुस कट्न लाग्दा शीतलहरको सङ्केत आएको हो । शीतलहर र हुस्सुका कारण मध्य दिउँसोसम्म पनि चहकिलो घाम लाग्न छोडेको छ ।
बढ्दै गएको जाडोको कारण ऋषिदेव समुदायलाई बढी कठिनाइ देखिएको छ । आर्थिक अभावले ग्रस्त उनीहरूसँग न्यानो लुगाको पनि अभाव छ । विराटनगर १२ बखरीमा ऋषिदेवहरूको घर परालको छाना र माटोको पर्खालले घेरिएको छ । दिउँसोको समयमा पनि हुस्सु र चिसो सिरेटोमा साना बालबालिकाहरु सामान्य लुगामा देखिन्छन् ।
४५ वर्षीय सावित्री ऋषिदेवको परिवारमा पाँच छोरी, एक छोरी र श्रीमान् गरी आठ जना छन् । श्रीमान् सिटी चालक हुन् भने सावित्री अरूको घरमा भाडा सफा गर्ने काम गर्छिन् । उनको सानो पराल र माटोले बनेका घर छ । त्यही घर पनि भत्किएको छ । जाडो महिनामा आफूहरूलाई न्यानो लुगा लगाउन र सुत्ने बेला ओढ्नको लागि कमल समेत नभएको उनी गुनासो गर्छिन् । लुगा नभएकै कारण पराल र घुर बालेर रात कटाइरहेको उनको भनाइ छ ।
३५ वर्षीय अमिता ऋषिदेवको अवस्था पनि उस्तै छ । ‘हामीलाई जाडोमा जीविका चलाउन निकै कठिन हुन्छ । पछिल्लो समयमा केहि मानिसहरूले आएर कपडा वितरण गरेका थिए तर यस पटक भने कसैले आएर साथ सहयोग गरेका छैनन् । घरमा ओढ्नको लागि पनी सिरक छैन । आफूले कमाएको पैसाले खानलाई पनि निकै मुस्किल परेको अवस्था छ ।’ उनको जस्तै २५ घर परिवार रहेको उक्त बस्तीमा कसैको घरमा पनि न्यानो लुगा छैन । सहयोगीहरूको पर्खाइमा उनीहरू देखिन्छन् । विराटनगर ५ मा रहेको ऋषिदेव बस्ती होस् या विराटनगर ८ का सुकुम्वासी बस्तीका ऋषिदेव समुदायको अवस्था दयनीय छ । यस्तै विराटनगर १९ को केशलिया खोला किनारमा बसोबास गर्ने मुसहर (ऋषिदेव) समुदायलाई पनि न्यानो कपडाकै अभाव रहेको बताउँछन् ।
चिसो बढ्दा घाँटी, टाउको र छाती दुख्ने, रुघाखोकी लाग्नेजस्ता चिसो जन्य सङ्क्रमणका बिरामी बढेका चिकित्सकले बताएका छन् । डाक्टर दिनेश महतोले चिसो स्याँठ चलेको र बाक्लो हुस्सु लागेको समयमा सकेसम्म घरभित्रै बस्न सुझाव दिएका छन् । फिजिसियन डाक्टर डेनप्रसाद आचार्यले चिसो हावामा बाहिर ननिस्कने, निस्कनै परे न्यानो कपडाले जिउ पुरै ढाकेर मात्रै बाहिर जाने, झोल प्रसस्त खानुपर्ने सुझाव दिएका छन् । जाडोमा ढोका थुनेर कोइला, हिटर वा ग्याँस बालेर नबस्न पनि उनले सुझाव दिए । गर्भवती, नवजात शिशु र वृद्ध वृद्धालाई चिसोले बढी समस्यामा पार्ने भएकोले विशेष ख्याल गर्न पनि उनले सर्वसाधारणलाई सुझाव दिए ।
चिसोबाट सबैभन्दा बढी प्रभावित गरिब, दलित तथा विपन्न समुदाय हुने गर्दछन् । मोरङका जिल्ला प्रशासन कार्यालयले नागरिकलाई चिसोबाट बचाउन यसअघि नै तयारी अवस्थामा रहन निर्देशन दिइसकेको जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण