बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मधुमेहका बिरामीले खान हुन्छ यी फलफूलहरु

बुधबार, १८ पुस २०८०, १५ : ५०
बुधबार, १८ पुस २०८०

काठमाडौँ । मधुमेह भएका व्यक्तिहरुले औषधिको साथमा खानपानमा पनि विशेष ध्यान दिन जरुरी छ । फलफूल हरेक व्यक्तिको स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । 

मधुमेहका बिरामीले पनि आफ्नो सन्तुलित भोजनमा फलफूललाई समावेश गर्नुपर्छ । तर यिनीहरुले जुस र चिनीको मात्रा धेरै भएका फलफूलहरु भने सकेसम्म खानु हुन्न । यस्ता फलफूलको सेवन टार्दा रगतमा चिनीको मात्रा ह्वात्तै बढ्ने जोखिम कम रहन्छ ।

धेरैजसो फलफूलमा चिनीको मात्रा धेरै हुन्छ । तर यिनीहरुमा भिटामिन, मिनरल्स अनि फाइबर पनि टन्नै पाइन्छ । मधुमेहका रोगीले सीमित वा ठिक्क मात्रामा फलफूल खान सक्छन् । फलफूल सेवनको मामिलामा भने अलि बढी ध्यान दिनुपर्ने हुन्छ । मधुमेहका बिरामीले खान सक्ने केही फलफूलहरू यस प्रकार छन्:

आँप:

आँप सम्झने बित्तिकै कतिपय मान्छेको मुखमा पानी आउँछ । तर मधुमेहका रोगीलाई भने आँप सम्झने बित्तिकै डर नै लाग्छ । आहार विशेषज्ञहरुका अनुसार तीन चौथाइ कप आँपबाट दैनिक रुपमा चाहिने फाइबरको ७ प्रतिशत पाइन्छ । फाइबरले रक्त प्रवाहमा चिनीको अशोषणलाई सुस्त बनाउँछ । यो ग्लुकोजको व्यवस्थापनका लागि पनि जरुरी छ । मधुमेहका रोगीले सीमित मात्रामा आँप खान सक्छन् ।

सुन्तला:

सुन्तलाको रसमा चिनी निकै मात्रामा हुन्छ । त्यसैले यसको रस पिउनु मधुमेहको रोगीका लागि ठिक हुन्न । सुन्तलामा भिटामिन सी उच्च मात्रामा पाइन्छ । मध्यम आकारको सुन्तलामा तीन ग्राम फाइबर हुन्छ । फाइबरले लामो समयसम्म पेट भरिएको महसुस गराउँछ । यो तौल र ग्लुकोजको व्यवस्थापनमा पनि सहायक हुन्छ ।

खरबुजाः

खरबुजाको स्वाद ठिक्कदेखि अति नै गुलियो हुन सक्छ । तर यसमा पूरै चिनी हुन्न । एक कप खरबुजामा ९ ग्राम प्राकृतिक चिनी हुन्छ । यो भनेको एक कप काटिएको स्याउमा पाइने भन्दा कम चिनी हो । मधुमेहका बिरामीले थोरै मात्रामा खरबुजा खान सक्छन् ।

एभोकाडोः

तपाईँलाई पनि मधुमेह छ भने गुलियो खानेकुराको सेवनमा विशेष ध्यान पुर्‍याउनु पर्ने हुन्छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अनुसार मधुमेह भएकाहरुलाई मुटुसम्बन्धी रोगको खतरा दोब्बर हुन्छ । एभोकाडो यस्तो फल हो जसले मधुमेहका रोगीलाई धेरैथरी स्वास्थ्य लाभ दिन सक्छ । अधिकांश अन्य फलहरुको विपरीत एभोकाडोमा शून्य बराबर चिनी हुन्छ । यसले ग्लाइसेमिक प्रतिक्रियालाई प्रभावित गर्दैन ।

केरा:

मधुमेहका बिरामीका लागि केरा पनि खराब मानिने फल हो । तर काँचो केरामा टन्नै स्टार्च पाइन्छ । यसमा चिनीको मात्रा कम गर्ने अनि इन्सुलिन प्रतिरोधसँग लड्न मद्दत गर्ने फाइबर पनि हुन्छ । मधुमेहका बिरामीले थोरै मात्रामा केरा पनि खान सक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप