एआईबाट चल्ने नयाँ फोन ल्याउँदै सामसङ
काठमाडौँ । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले एआईमा आधारित नयाँ फोन ल्याउँदैछ । कम्पनीले जनवरी १७ मा क्यालिफोर्नियाको सान जोजमा पत्रकार सम्मेलन गरेर बहुप्रतिक्षित ग्यालेक्सी एस२४ सिरिजका फोनहरु अनावरण गर्दैछ ।
यी फोनमा मोबाइल एआईको नयाँ युग देखाउने अनि मोबाइल चलाउँदाको अनुभवमा क्रान्ति ल्याउने वाचा कम्पनीले गरेको छ । सामसङ आइफोन निर्माता कम्पनी एप्पलको सबैभन्दा ठूलो प्रतिस्पर्धी हो ।
विश्वको स्मार्टफोन बजारमा सामसङको हिस्सा २० प्रतिशत छ भने एप्पलको हिस्सा १६ प्रतिशत भएको बजार अनुसन्धानकर्ता संस्था काउन्टरप्वाइन्ट रिसर्चले भनेको छ । अमेरिकामा ५३ प्रतिशत बजार हिस्सा एप्पलको पोल्टामा हुँदा सामसङको हिस्सा २५ प्रतिशत मात्रै छ । आइफोनमा यी नयाँ फिचरहरु छैन । यसले सामसङको नयाँ फोनमा थप ग्राहकहरु तान्ने देखिन्छ ।
सामसङले मंगलबार साँझ नै एआईबाट चल्ने नयाँ मोबाइल अनुभव आफ्ना उपभोक्तलाहरुलाई उपलब्ध गराउने बताएको थियो । फोनमा लाइभ ट्रान्सलेशन, जेनरेटिभ एडिट, नाइटोग्राफी जूम, हाई रिजोलुशन लगायत एआईबाट चल्ने कयौं फिचरहरु रहनेछन् । सामसङले अमेरिकामा आफ्ना स्मार्टफोनमा क्वालकम चिप प्रयोग गर्छ । ग्यालेक्सी एस२४, ग्यालेक्सी एस२४प्लस र ग्यालेक्सी एस२४ अल्ट्रामा क्वालकमको स्न्यापड्र्यागन सिरिजको ८ जेन थ्री चिप हुनसक्ने बताइएको छ । सामसङले ग्यालेक्सी एस२४ सिरिजलाई एआई नवप्रवर्तनको अग्रभागमा राखेको छ । यसबाट स्मार्टफोनको ‘ल्यान्डस्केप’लाई रिसेप गर्ने अपेक्षा कम्पनीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण