वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै लाखौँ ठगी, तीन जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सर्लाही मलंगवा घर भई हाल काठमाडौँ शान्तिनगर बस्ने बलराम कुमार महतो, झापा घर भई टोखा बस्ने गणेशकुमार कुलुङ राई र नुवाकोट घर भई हाल टोखा बस्ने रचना थापा रहेका छन् ।
बलरामकुमार महतोले जीवछकुमार शाहसमेत २ जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भन्दै ४ लाख ९४ हजार ५ सय रुपैयाँ ठगी गरेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीको भनाई छ । त्यस्तै, गणेश राईले जापान पठाइदिन्छु भन्दै भक्तबहादुर राई समेत २ जनासँग ६ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए ।
उता २२ वर्षीया रचना थापाले रामचन्द्र कार्कीलाई पोर्चुगल पठाइदिन्छु भन्दै ९ लाख ९० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेकी थिइन् । पक्राउ गरिएका तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उपरीक्षक रेग्मीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण