दसैँ—तिहारका लागि ल्याइएका खाद्यका २० च्याङ्ग्रा मरे
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ र तिहारका लागि बिक्री गर्न ल्याएका २० वटा च्याङ्ग्रा मरेका छन् ।
व्यापार कम्पनीले दसैँ तिहार लक्षित ल्याएका च्याङ्ग्रा बिक्री भएका थिएनन् । दसैँ तिहारमा बिक्री नभएर बाँकी रहेका ४७ वटा च्याङ्ग्रामध्ये गएराती २० वटा च्याङ्ग्रा मरेको कम्पनीले बताएको छ । कम्पनीले दसैँ तिहारको लागि उपभोक्तालाई सहुलियत मूल्यमा बिक्री गर्नको लागि ५ सय ४२ वटा च्याङ्ग्रा ल्याएको थियो ।
बुधवार साँझसम्म स्वास्थ्य अवस्थामा रहेका च्याङ्ग्रा बिहीबार बिहान मरेको अवस्थामा भेटिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रदेश प्रमुख ज्ञानु थापाले बताइन् । उनले दसैँ—तिहार र छठसम्म कम्पनीसँग बिक्री हुन बाँकी ४७ वटा च्याङ्ग्रामध्ये २० वटा बिहीबार मरेको बताइन् । उनले बुधवार साँझ स्वस्थ अवस्थामा रहेका च्याङ्ग्रा बिहीबार बिहान मरेको अवस्थामा पाएको बताइन् । उनले मरेकामध्ये २ वटाको परीक्षण गर्न प्रयोगशाला पठाइएको बताइन् । उनले राति कुकुर छिरेर केही समय च्याङ्ग्रालाई टोकेर पुनः कुकुर बाहिर आएको सिसिटीभी फुटेजमा देखिएको बताइन् ।
केन्द्रीय चिकित्सालय त्रिपुरेश्वरमा कार्यरत पशु चिकित्सक एलबी साहीले च्याङ्ग्रा कुकुरको टोकाइबाट मरेको देखिएको बताए । उनले च्याङ्ग्रालाई कुकुरले घाँटीमा टोकेको जस्तो घाउ देखिएको बताए ।
कम्पनी ल्याएका ५ सय ४२ वटा च्याङ्ग्रा बिक्री हुन नसकेर कम्पनीमा नै राखेको थियो । गत वर्ष १६२ च्याङ्ग्रा खरिद बिक्री भएको आधारमा यो वर्ष बढी च्याङ्ग्रा खरिद गरेपनि अपेक्षाअनुसार बिक्री नहुँदा च्याङ्ग्रा कम्पनीले पालन गर्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छानबिन समिति बनाए कांग्रेसले रवि लामिछानेको राजीनामा माग्छ : केपी ओली
-
श्रीमतीको अश्लील भिडियो फेसबुकमा हाल्ने श्रीमान् पक्राउ
-
१० जनालाई केन्यामा लगेर बन्धक बनाउँदै साढे ५ करोड ठगेको आरोपमा ३ जना पक्राउ
-
वीरगन्ज महानगरका पूर्वमेयर सरावगीद्वारा एमालेबाट राजीनामा
-
नीति तथा कार्यक्रममाथि एमालेले सचेत र लिडिङ रोल हुन्छ : ओली
-
सडक विस्तार गर्न बागलुङ–बेनी खण्ड बन्द