कूटनीति
भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता (तस्बिरहरु)
शुक्रबार, २० पुस २०८०, १२ : २०

काठमाडौँ । नेपालको दुई दिने भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री एस जयशंकर शुक्रबार मध्याह्न स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले विदाई गरे ।
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन आएका जयशंकरले बिहीबार उच्चस्तरीय भेटवार्ता गरेका थिए । यस्तै आयोगको बैठकपछि नेपाल र भारतबीच भएका विभिन्न सहमति तथा समझदारी आदानप्रदान भएको थियो ।
शुक्रबार स्वदेश फर्किनुअघि उनले बिहान पशुपतिनाथ मन्दिर परिसरको दर्शन गरेकान थिए । शुक्रबार नै जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन पनि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रातृसंस्थाबारे सभापति र महामन्त्री थापा दुईतिर
-
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सुरू, पहिलो दिन रबिलाई अग्रता
-
छुटे धवलशमशेर, ३ तस्बिरमा हेर्नुहोस्
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू
-
३ लाख धरौटी बुझाएर रिहा भए धवल शमशेर राणा
-
सांसदको घरबाट उद्धार गरिएकी बालिकाबारे सर्वोच्च अदालतको फैसलामा के छ ? (पूर्णपाठसहित)