कर्णाली बनाउने कुरामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्छ : रक्षामन्त्री खड्का
शुक्रबार, २० पुस २०८०, १३ : २७

सुर्खेत। नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली बनाउने कुरामा सम्पूर्ण राजनीतिक दलहरू एकताबद्ध हुन् आवश्यक रहेको बताएका छन् । शुक्रवार वीरेन्द्रनगरमा ३४ औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले कर्णाली बनाउने यहीँ कै नेताहरूको जिम्मेवारी रहेको पनि उनले बताए ।
‘कर्णाली बनाउने हामी नै हो, यसको विकासका लागि सबै राजनीतिक दलहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्छ,’ उनले भने । कर्णालीको उन्नति र प्रगतिको कुरामा, विकास पूर्वाधार बनाउने कुरामा राजनीतिक दलहरूबिच कुनै विवाद नरहेको पनि उनले बताए । त्यसो गर्न पनि नहुने उनको भनाइ छ।
खेलकुदका विषयमा खड्काले भने– ‘१० औँ राष्ट्रिय खेलकुद सम्पन्न गराउन सबै एकजुट भएर लाग्नुपर्ने हुन्छ। पूर्वाधार निर्माणमा बजेट अभावका विषयमा केन्द्र सरकार अग्रसर नै छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायीले प्रधानमन्त्रीलाई भने – व्यवसाय धराशायी हुन्छ, पुनः विचार गरियोस्
-
रास्वपाको अवरोधबारे पाँच दलसँग छलफलमा सभामुख
-
रौतहटमा सय बढी कार्यकर्ता कांग्रेसमा प्रवेश
-
नख्खु खोला किनारमा मनसुनको पिर, तस्बिरहरू
-
नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड
-
यातायात कार्यालयका अधिकृत गौतमविरूद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा