कर्णाली बनाउने कुरामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्छ : रक्षामन्त्री खड्का
शुक्रबार, २० पुस २०८०, १३ : २७
सुर्खेत। नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली बनाउने कुरामा सम्पूर्ण राजनीतिक दलहरू एकताबद्ध हुन् आवश्यक रहेको बताएका छन् । शुक्रवार वीरेन्द्रनगरमा ३४ औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले कर्णाली बनाउने यहीँ कै नेताहरूको जिम्मेवारी रहेको पनि उनले बताए ।
‘कर्णाली बनाउने हामी नै हो, यसको विकासका लागि सबै राजनीतिक दलहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्छ,’ उनले भने । कर्णालीको उन्नति र प्रगतिको कुरामा, विकास पूर्वाधार बनाउने कुरामा राजनीतिक दलहरूबिच कुनै विवाद नरहेको पनि उनले बताए । त्यसो गर्न पनि नहुने उनको भनाइ छ।
खेलकुदका विषयमा खड्काले भने– ‘१० औँ राष्ट्रिय खेलकुद सम्पन्न गराउन सबै एकजुट भएर लाग्नुपर्ने हुन्छ। पूर्वाधार निर्माणमा बजेट अभावका विषयमा केन्द्र सरकार अग्रसर नै छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिक्वार्टरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्ड र अल्जेरियाबिच भिडन्त सुरु
-
न्यायाधीशको सम्पत्ति सार्वजनिकीकरणको बहसः आवश्यकता कि अतिरञ्जना ?
-
कप्तानदेखि म्याच विनरसम्म : तथ्याङ्कमा बेन स्टोक्सको क्रिकेट जीवन
-
शिखर इन्स्योरेन्सले गर्यो ६ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इन्जुरी समयको पीडाले रोयो क्रोएसिया (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण